रमेश प्रसाई र उनका साथी जीवनको विवाद एकै दिन, मण्डपमा पनि एउटै !

काठमाडौँ – प्रखर वक्ताको रुपमा सर्वत्र चर्चित रहेका रमेश प्रसाईले लगन-गाँठो कस्ने भएका छन्। पछिल्लो समय गायनमा समेत जमेका प्रसाईले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् ।

प्रसाई र सिंह बीच आगामी २२ गते सोमबारका दिन विवाद हुने तय भएको छ। थाहा हुनआए अनुसार प्रसाई र सिंहको विवाह मङ्सिर २२ गते धरानबाट हुनेछ।

प्रसाईसँग विवाह गर्न लागेकी सिंह समाजसेवामा सक्रिय छिन्। काठमाडौँमा उनले बालआश्रम चलाउँदै आएकी छन्। प्रसाई र सिंहको भेट ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भएको बताइएको छ।

यस्तै रमेशका १४ वर्ष पुराना साथी जीवन विष्टले पनि सोहि दिन विवाह गर्ने खबर बाहिरिएको छ। रमेश प्रसाईकै विवाहको दिन आफ्नो पनि विवाह रहेको विष्टले सामाजिक संजाल मार्फत पुष्टि गरेका छन्। जीवनको जुनु तामाङसँग विवाह हुन लागेको विष्टले बताएका छन्।

रमेशसँगै एकै मण्डपमा एकै दिन विवाह गर्न लागेको विष्टले जानकारी गराएका छन्। साथै विष्टले सामाजिक संजाल मार्फत विवाहको कार्ड समेत सार्वजनिक गरेका छन्।

“मंसिर १७ गते रमेश प्रसाईंको र मंसिर २२ गते जीवन विष्टको बिहे हुने भनिएको थियो। तर हाम्रो १४ वर्ष लामो हाम्रो मित्रताको उपज हामीले एउटै कार्ड छापी, एउटै मन्डपबाट मंसिर २२ गते विवाह गर्ने सहमति भएको जानकारी गराउँछौं।”,विष्टले सामाजिक संजालमा लेखेका छन्।

प्रकाशित : बुधबार, मङि्सर १७, २०७७१३:३५

बलिउड अभिनेता सनी देओललाई कोरोना !