“प्रचण्ड नभएको भए ओलीले सरकार नै बनाउन सक्दैनथे”

e[s'6Ld08kdf Knf:6 g]kfn PS;kf] sf7df8f}Fsf] e[s'6Ld08kdf z'qmaf/b]lv z'? ePsf] …Knf:6 g]kfn PS;kf]Ú sf] pb3f6g ;df/f]xnfO{ ;Daf]wg ub}{ pBf]u jfl0fHo tyf cfk"lt{dGqL dflqsfk|;fb ofbj . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मात्रिका प्रसाद यादवले तत्कालिन नेकपा एमाले र माओवादी नमिलेको भए केपी शर्मा ओली प्रधानमन्त्री बन्न सम्भवनै नभएको दावी गरेका छन्।

सत्तारुढ नेकपा भित्र रहेको विवाद उत्कर्षमा पुगिरहेका बेला एक मिडियासँग कुराकानी गर्दै दुई पार्टी मिलेर नेकपा नबनेको भए ओली दोस्रो पटक ओली प्रधानमन्त्री बन्ने थिएनन् भन्ने दावी गरेका हुन्।

ओली पक्षघरले नेकपा एमालेसँग नमिलेको भए माओवादीको पत्तासाफ हुन्थ्यो भन्ने दावी गर्नेगरेको प्रति टिप्पणी गर्दै पूर्वमन्त्री समेत रहेका यादवले गीत गाएर मात्र नहुने बताए। कुनै समयमा बहुमत ल्याएका पार्टीको के भएको छ र जनताले के गरेका छन् भन्ने बारे हेक्का राख्नुपर्ने उनले बताए।

“म त भन्छु – पार्टी एकीकरण नभएको भए उहाँको सरकार बन्ने थिएन।”,उनले भने,”केपी ओलीको नेतृत्वमा सरकार नै बन्ने थिएन। हामी मिलेर त सरकार बनेको।”

गत निर्वाचन पश्चात नेपाली कांग्रेस तथा मधेशवादी दलहरुले प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री बन्न गरेको आग्रहलाई नमानेर ओलीलाई सहयोग गरेको खुलासा पनि उनले गरे।

“नेपाली कांग्रेस र मधेशवादी दलहरुले प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउने ‘ग्यारेन्टी’नै गरेका थिए। तर, प्रचण्डले मान्नुभएन”,उनले भने,’ओली र प्रचण्ड बीच आधा-आधा समय प्रधानमन्त्री बन्ने गरी भएको सहमतिबाट पनि प्रचण्ड ब्याक हुनु भयो।”

प्रचण्डले गरेको त्यागलाई ओलीले अवमुल्यन गर्ने गरेको उनको भनाई छ।

प्रकाशित : बुधबार, मङि्सर १७, २०७७१७:५१

नयाँ-नौलो सिर्जनात्मक काम गर्नेलाई सरकारले ५० लाख सम्म दिने !