कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमित, अर्को हप्ताबाटै वितरण गरिने !

FILE PHOTO: A small shopping basket filled with vials labeled "COVID-19 - Coronavirus Vaccine" is placed on a Pfizer logo in this illustration taken November 29, 2020. Picture taken November 29, 2020. REUTERS/Dado Ruvic/Ilustration

एजेन्सी – बेलायतमा अर्काे हप्तादेखि कोभिड १९ भाइरस विरुद्धको खोप वितरण हुने भएको छ । पिफाइजर–बायो एनटेक औषधि इमरजेन्सी प्रयोगका लागि बेलायतको औषधि व्यवस्था सम्बन्धी निकायले अनुमति दिएको हो ।

यसरी बेलायत कोभिडका विरुद्धको खोप प्रयोगमा ल्याउनका लागि अनुमति दिने विश्वकै सबैभन्दा पहिलो देश भएको छ । यो प्रावधानले आगामी हप्ताका लागि खोपको प्रयोग गर्न पाउने बाटो खुलेको छ । सरकारले आगामी हप्ता यो खोपको सेवा दिने भएको बेलायतले जनाएको छ ।

बेलायतको औषधि व्यवस्था विभागले यो खोपको प्रयोग गर्न सक्ने गरी व्यवस्था गरेकोले बेलायत कोरोना विरुद्धको खोपमा अनुमति पाएको पहिलो देश बनेको हो ।यो खोप विश्वका विभिन्न देशहरुमा नै लगेर तेस्रो चरणसम्मको परीक्षण गरिएको थियो । सो परीक्षण पास भएपछि यो खोपलाई सार्वजनिक रुपमा प्रयोगका लागि अनुमति दिइएको बताइएको छ ।

समाचारमा जनाइएअनुसार बेलायतले अनुमति दिएसँगै अब यो खोप आगामी हप्ताबाट नै बेलायतमा प्रयोग गरिने भएको हो ।आगामी केही दिनमा यो खोप बेलायतमा आउने र सन् २०२१ मा उक्त कम्पनीले बेलायतका लागि आवश्यकताका अनुसारको मात्रा नै उत्पादन गर्ने जनाएको छ ।

उता बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि अर्काे हप्ताबाट यो खोपको प्रयोग गर्न पाइने बताएका छन् ।उनले आज आफ्नो ट्वीटरमार्फत् सो कुराको जानकारी दिएका हुन् । उनले यसबाट बेलायतलाई खुशी लागेको पनि बताएका छन् ।

उनले बेलायतले यो खोपको निर्माण गर्दा निकै खुशी भएको बताएका छन् । साथै उनले यो महत्वपूर्ण कार्यले गर्दा अब बेलायतका मात्र नभएर संसारका मानिसको ज्यान बच्ने बताए । यसबाट बेलायतलाई नागरिकको ज्यान बाँच्ने मात्र नभएर बेलायतको आर्थिक सुधारका लागि पनि सहयोग पुग्ने बताएका हुन् ।

प्रकाशित : बुधबार, मङि्सर १७, २०७७२०:११

हुम्लाको सिमकोट विमानस्थलमा आगलागी