“पुलिसको ड’ण्डाले पेलिएका मेरा करङ दुखेर खपिनसक्नु भयो”

तस्बिर: प्रकाश अधिकारी।

काठमाडौँ – निषेधाज्ञा तोडेका आरोपमा पक्राउ परेर साढे तीन घण्टापछि छुटेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो शरीरमा दुखाइ बढ्दै गएको बताएका छन्।

पौडेलले बिहिबार बिहान सामाजिक संजाल मार्फत पुलिसको ड’ण्डाबाट पे’लिएका आफ्नो करङ दिउँसो भन्दा साँझ बढी दुखेको र त्यो दुखाई आज अझ बढी बढेको बताएका हुन्।

“पुलिसको ड’ण्डाबाट पे’लिएका मेरा करङ दिउँसो भन्दा साँझ दुखेर आयो, हिजो भन्दा आज दुखाई बढी छ ।”,पौडेलले बिहिबार बिहान आफ्नो अवस्था बारे जानकारी गराउँदै सामाजिक संजालमा लेखेका छन्।

गणतन्त्रमा पनि पुलिसको पेलानबाट छुटकारा नमिलेको भन्दै नेता पौडेलले दुख व्यक्त गरेका छन्। असली लोकतन्त्र कहिले साकार हुने हो? भन्नेमा उनको चिन्ता रहेको छ।

“सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन। असली लोकतन्त्र कहिले साकार हुने हो? मेरो चिन्ता यसैमा छ।”,पौडेल भन्छन्।

तस्बिर: प्रकाश अधिकारी।

तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा पौडेललाई प्रहरीले पक्राउ गरेको थियो।

त्यसक्रममा वरिष्ठ नेता पौडेलका अलावा काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित ११ जना पक्राउ गरेका थिए। आफ्ना वरिष्ठ नेता पक्राउ परेसँगै नेपाली कांग्रेसका नेताहरुले सरकार तथा प्रशासनको चर्को विरोध गरेका थिए।

फेसबुकमा रामचन्द्र पौडेलले यसो लेखेका छन् –

पुलिसको ड’ण्डाबाट पे’लिएका मेरा करङ दिउँसो भन्दा साँझ दुखेर आयो, हिजो भन्दा आज दुखाई बढी छ । सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन। असली लोकतन्त्र कहिले साकार हुने हो? मेरो चिन्ता यसैमा छ।

प्रकाशित : बिहिबार, मङि्सर १८, २०७७०९:३०

२२ गते बेहुली बन्दै श्वेता !