बाबुरामले किन र कसलाई लक्षित गरेर भने ‘भुक्ने कुकुरहरूको भलो होस्’ ?

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो अनर्गल दुष्प्रचार गर्नेलाई नजरअन्दाज गरेर अगाडी बढ्ने बताएका छन्।

भट्टराईले बुधबार सामाजिक संजाल मार्फत आफ्ना आलोचकहरु प्रति लक्षित गर्दै आफू विरुद्ध अनर्गल दुष्प्रचार हुने गरेपनि आफू निरन्तर अगाडी बढ्ने बताएका हुन्।

भट्टराई सामाजिक संजालमा सबै भन्दा बढी सक्रिय रहने नेपालका राजनीतिक व्यक्तित्वमा पर्छन्। उनले समसामयिक विषयहरुमा दैनिक प्रतिक्रिया जनाउने गरेका छन्। भट्टराई सामाजिक संजालमा सबै भन्दा बढी फलोवर्स भएका नेता समेत हुन्। यस हिसाबले सामाजिक संजालमा भट्टराईले सबै भन्दा धेरै आलोचन पनि खेप्ने गरेका छन्।

अनावश्यक आलोचना गर्ने र अनर्गल दुष्प्रचार गर्नेहरुलाई भट्टराईले विन्सटन चर्चिलको शब्दमा जवाफ दिएका छन्। जसक्रममा उनले भुक्ने कुकुरहरूको भलो होस् भनेका छन्।

भट्टराईले दिएको जवाफ यस्तो छ –

जानेर/नजानेर/उक्साहटमा मेराविरूद्ध अनर्गल दुष्प्रचार गर्नेहरूलाई विन्सटन चर्चिलको शब्द सापटी लिएर म भन्छु- मानव जातिको उन्नयनको निर्दिष्ट लक्ष्यमा पुग्न हिँडेको म यौटा यात्री प्रत्येक भुक्ने कुकुरलाई ढुंगा हान्न थालें भने आफ्नो लक्ष्यमा पुग्न सक्दिन। ती भुक्ने कुकुरहरूको भलो होस् !

प्रकाशित : बिहिबार, मङि्सर १८, २०७७१५:०४

ट्रम्पको भिडियो सन्देश – ‘म फेरी लड्छु’