भोलि मङ्सिर १९ गते शुक्रबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

नयाँ कार्य सुरु गर्नको लागि दिन अनुकूल रहनेछ। सरकारी क्षेत्रबाट लाभ मिल्ने सम्भावना रहेको छ। व्यापार तथा व्यवसाय क्षेत्रमा लाभ मिल्ने सम्भावना रहेको छ। मानसिक चिन्ता बढ्नेछ। शारीरिक स्वास्थ्य भने राम्रो रहनेछ। तरल पदार्थबाट टाढा बस्नुहोस्।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

यस दिन तपाईंको लागि मध्यम फलदायी रहनेछ। साथीहरु र प्रियजनहरुसँग रमाइलो भेटघाट हुनेछ। आर्थिकी लाभको सम्भावना देखिन्छ। भविष्यको लागि आर्थिक योजना बन्नेछ। कार्यक्षेत्रमा विशेष सफलता मिल्ने देखिन्छ। परिवारमा सकारात्मक वातावरण रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आर्थिक हिसाबले दिन लाभदायक रहनेछ। मित्र र परिवारको सहयोगले तपाईंको मन प्रशन्न रहनेछ। उत्तम भोजन तथा नयाँ वस्त्र प्राप्त हुनेछ। मनमा कुनै पनि प्रकारको निषेधात्मक विचार उत्पन्न हुनसक्छ। व्यापार व्यवसायमा अनुकूल वातावरण रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आर्थिक दृष्टिकोणबाट हेर्दा खर्च आय भन्दा बढी हुनेछ। आँखा सम्बन्धि समस्याले सताउन सक्छ। मानिसक चिन्ता रहन सक्छ। वाणीमा संयम राखुहोला। पारिवारिक वातावरण सकारात्मक रहनेछ। मनमा नकरात्मक भावना उत्पन्न हुन नदिनुहोस्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सामाजिक र व्यापारको क्षेत्रमा लाभदायक समाचार प्राप्त गर्नुहुनेछ। साथी-भाईबाट पनि शुभ समाचार प्राप्त हुने देखिन्छ। आय बढ्नुका साथै धन लाभको पनि सम्भावना छ। दुर्घटनाको सम्भावना पनि छ। स्वास्थ्य बिग्रन सक्छ। मानसिक चिन्ता बढ्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। मित्र र परिवारबाट उपहार प्राप्त हुनाले मन प्रशन्न रहनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। वाणी तथा क्रोधमा संयम राख जरूरी देखिन्छ। दुर्घटनाको सम्भावना छ। रमणीय यात्राको सम्भावना छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शारीरिक रूपले तपाईं अस्वस्थ रहनुहुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग अप्रशन्न रहनेछन्। सन्तानसँग मदभेद हुनसक्छ। मध्यान्हपछि कार्यक्षेत्रमा परिस्थिति अनुकूल हुनेछ। पदोन्नतिको योग रहेको छ। सामाजिक क्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक तथा मानिसक अस्वस्थता रहनेछ। मानहानि हुने सम्भावना छ, सजग रहनुहोला। वाणीमा संयम राख्नुहोला। व्यापार क्षेत्रमा समस्या उत्पन्न हुनसक्छ। उच्च अधिकारीहरुसँग सावधानीपूर्वक व्यवहार गर्नुहोस्। व्यवासयमा परिस्थिति अनुकूल रहला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

पारिवारिक वातावरण सकारात्मक रहनेछ। शारीरिक तथा मानिसक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। मध्यान्हपछि मनमा नकारात्मक भवन उत्पन्न हुनसक्छ। रिसको मात्रा पनि बढ्न सक्छ। परिवार र सहकर्मीहरूसँग वाद-विवाद हुनसक्छ। कार्यक्षेत्रम समय प्रतिकूल रहला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

क्रोधमा संयम राख्नुहोला। परिवारमा सुखशान्ति रहनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ। आर्थिक लाभ मिल्नेछ। मध्यान्हपछि भने परिस्थिति प्रतिकूल हुनसक्छ। वाहन सुख प्राप्त हुनसक्छ। रमणीय यात्राको सम्भावना छ। कार्यक्षेत्रमा परिस्थिति सोचे जस्तो अनुकूल नरहला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कला क्षेत्रमा विशेष चासो बढ्नेछ। खर्चको मात्र अधिक रहनाले आर्थिक समस्याले सताउन सक्छ। सन्तान सम्बन्धि विषयले चिन्ता बढ्न सक्छ। मध्यान्हपछि परिस्थिति अनुकूल हुनेछ। अधुरा कार्य पूरा हुने सम्भावना देखिन्छ। आर्थिक लाभ प्राप्त होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

शारीरिक तथा मानिसक अस्वस्थता रहनेछ। विद्यार्थी वर्गको लागि दिन शुभ रहनेछ। सामाजिक क्षेत्रमा मान-सम्मानमा आँच आउनसक्छ। यात्रा गर्दा विशेष सावधान रहन जरूरी देखिन्छ। पेट सम्बन्धि समस्याले सताउन सक्छ। कार्यक्षेत्रमा समय अनुकूल नरहला।

प्रकाशित : बिहिबार, मङि्सर १८, २०७७१९:०४

भोलि मङ्सिर २० गते शनिबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !