मध्यरातमा नेहाले पतिलाई दिइन् यस्तो सर्प्राइज [भिडियो सहित]

बलिउडकी प्रसिद्ध गायक नेहा कक्कड़को पति रोहनप्रीत सिंहले १ डिसेम्बरको दिन आफ्नो २६ औं जन्मदिन मनाए। जन्मदिनमा रोहनलाई उनकी पत्नी नेहा कक्कड़ले निकै प्यारो सर्प्राइज दिइन्। उक्त भिडियो नेहाको फ्यान पेजले आफ्नो इन्स्टाग्राम अकाउन्टमा साझा गरिएको छ।

भिडियोमा देख्न सकिन्छ कि नेहा मध्यरातमा आफ्ना पति रोहनलाई सरप्राईज दिँदैछिन्। केक काटिरहेको बेला नेहा रोहनप्रीत सिंहलाई चुम्बन गरिरहेकी देखिन्छ। नेहा र रोहनको यो भिडियो सामाजिक संजालमा एकदम भाइरल भइरहेको छ। उनीहरुको यो भिडियो फ्यानहरुले निकै मन पराइरहेका छन्।

नेहा कक्कड़ले २४ अक्टोबरमा मात्र रोहनसँग विवाह गरेकी थिइन्। जोडीको विवाह समारोहदेखि हल्दी, मेहेन्दी, संगीत, रिसेप्शन देखि फेरा सम्मका भिडियो र फोटोहरू सामजिक संजालमा भाइरल भए।

विवाह पछि यी जोडी दुबईमा हनिमूनका लागि गएका थिए। यस समय थुप्रै फोटो तथा भिडियो पनि नेहा र रोहनले आफ्ना इन्स्टाग्राम अकाउन्टमा साझा गरेका थिए।

प्रकाशित : बिहिबार, मङि्सर १८, २०७७१९:०३

दिपिका सहित यी ४ नायिका जो क्रिकेटरसँग प्रेममा थिए, कार्ड छापियो तर बिहे हुन सकेन…!