विवाहको बीचमै जब आदित्यको ‘पजामा’ फुट्यो …

बलिउड गायक आदित्य नारायण गर्लफ्रेन्ड श्वेता अग्रवालसँग बिहे गरेदेखि निकै चर्चामा छन्। उनको विवाहको भिडियोहरू र फोटोहरू सामाजिक संजालमा धेरै भाइरल भइरहेका छन्। यसैबीच, हालसालैको एक अन्तर्वार्तामा आदित्यले आफ्नो विवाहको एक रमाईलो घटना सुनाए। आदित्य विवाहको समयमा यस्तो अवस्थामा फसे कि उनका दुई साथीले उनको मद्दत गर्नुपर्यो।

आदित्य नारायणले एक अन्तर्वार्तामा भनेका छन् कि उनले वरमाला लगाउने क्रममा श्वेता अग्रवालको घाँटीमा माला लगाइदिन लागेका थिए। श्वेतालाई माला लगाउन लाग्दा श्वेतालाई उनका भाईहरुले माथि उचाले। त्यसपछि, आदित्यलाई पनि उनका दुई साथीले उचालेका मात्र थिए उनको पजामा फुट्यो।

त्यसपछि, उनले आफ्नो साथीको पजामा लगाउनु पर्यो। भाग्यवस मेरो साथी र मेरो साथीको उचाई समान छ, आदित्यले भने। यस कारणले मलाई मेरो साथीको पजामा ठिक भयो। आदित्यले भने कि उनले मुम्बईको अन्धेरीमा ५ बीएचकेको घर किन्नु किनेका छन्। यो घर उनका आमा बुबाको घर देखि तीन भवन टाढा छ। उनी चाँडै नै यो नयाँ भवनमा सर्नेछन्।

आदित्य नारायणले १ डिसेम्बर २०२० मा लामो समय देखिको प्रेमिका र अभिनेत्री श्वेता अग्रवालसँग विवाह गरेका हुन्। विवाहपछि यस जोडीको रिसेप्शन २ डिसेम्बरमा भयो जसमा बलिउडसँग सम्बन्धित ठूला ठूला व्यक्तित्वलाई आमन्त्रित गरिएको थियो।

प्रकाशित : बिहिबार, मङि्सर १८, २०७७१८:५३

मध्यरातमा नेहाले पतिलाई दिइन् यस्तो सर्प्राइज [भिडियो सहित]