“म च्याम्पियन्स लिग जित्न पीएसजी आएको हुँ, युरोपा लिग खेल्न हैन”

नेइमारले बुधबार क्लबको च्याम्पियन्स लिगको नक-आउट चरणमा पुग्ने सम्भावना बढेपछि आफूले युरोपा लिगमा खेल्नको लागि बार्सिलोना छाडेर पीएसजी नआएको बताए। म्यानचेस्टर युनाइटेडलाई ३-१ ले पराजित गरेसँगै गत सिजनको फाइनलिस्ट पीएसजीको नक-आउट चरणमा पुग्ने सम्भावना बढेको छ।

समूह एचमा म्यानचेस्टर युनाइटेड, पीएसजी र लाइपजिगको ५ खेलबाट समान ९ अंक छ। अब पीएसजीलाई नक-आउट चरणमा पुग्नको लागि अन्तिम खेलमा इस्टानबुल बासाक्सेर विरुद्ध बराबरी गरे मात्र पनि पुग्नेछ।

“यहि कारणले मैले भनेको थिए कि हामीले हाम्रो मनोवृत्ति बदल्नु पर्छ अन्यथा च्याम्पियन्स लिग जित्ने सपना नदेख्दा हुन्छ,” नेइमारले एलेभेन स्पोर्ट्ससँग भने। “तर हामी परिवर्तन भएका छौं। म कहिल्यै च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छैन र यूरोपा लिगमा खेलेको छैन”, उनले भने,”म पीएसजी युरोप लिग खेल्न आएको हैन।”

पीएसजीको जितमा नेइमारले २ गोल गरे। २०१३ मा उनको च्याम्पियन्स लिग डेब्यूपछि, क्रिस्टियानो रोनाल्डो (७९), रोबर्ट लेवानडोस्की(६०) र लियोनल मेस्सी (५९) ले मात्र  नेइमार (३८) ले भन्दा बढी गोल गरेका छन्।

प्रकाशित : बिहिबार, मङि्सर १८, २०७७१८:५२

लियोनल मेस्सी २०२० को उत्कृष्ट फरवार्ड, रोनाल्डोलाई एम्बाप्पेले उछिने !