जब धनगढीमा अवतरण भएको विमान भित्रै ७० यात्रु थुनिए …

काठमाडौँ – बिहिबार बिहान काठमाडौँबाट उडेको श्री एयरलाइन्स एक विमान धनगढीमा अवतरण भयो। अवतरण भएपनि केहि समय यात्रुहरु बाहिर निस्किन पाएनन्, भित्रै थुनिए।

विमानमा भएका यात्रुहरु भित्रै थुनिनुको कारण थियो जहाजको ढोका। जहाजको ढोका नखुल्दा विमानमा रहेका ७० यात्रु केहिबेर भित्रै थुनिए। प्राविधिक समस्याका कारण उक्त ढोका खुलेको थिएन।

विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार विमानको ढोका नखुल्दा यात्रुहरु करिब १०-१५ मिनेट विमान भित्रै थुनिएका थिए। ढोका नखुलेपछि यात्रुहरुलाई सर्भिस ढोकामार्फत निकालिएको उनले बताए।

कहिलेकाँही यस्ता प्राविधिक समस्या आउने गरेको उनले बताए। यस्ता समस्या आउनु सामान्य रहेको उनको भनाई छ। उनले भने,”कहिलेकाँही त्यस्तो प्राविधिक समस्या आउने गर्दछ। मर्मत गरिएपछि ढोका सुचारु भएको छ”

प्रकाशित : बिहिबार, मङि्सर १८, २०७७१७:१७

धनगढीमा छु भनेका छोरा दुई दिन देखि बेपत्ता !