तनहुँ घटना बारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक !

तस्बिर: प्रकाश अधिकारी।

काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाले शुक्रबार दिउसो २ बजेका लागि पदाधिकारी र पूर्व पदाधिकारीको बैठक डाकेका छन्। सभापति निवास बुढानीलकण्ठमा हुने बैठकमा तनहुँ घटनाका बारेमा छलफल हुने भनिएको छ।

‘विस्तृतमा रूपमा वैठकको एजेण्डाको बारेमा जानकारी नआएपनि तनहुँ घटनाबारे छलफल हुने बताइएको छ’ कांग्रेस नेता अर्जुन नरसिंहले बताए। बैठक दिउसो २ बजेको लागि सभापति निवास बुढानीलकण्ठमा बोलाइएको पनि उनले जानकारी दिए।

बुधबार गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न गएका पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पौडेललाई झण्डै तीन घण्टापछि रिहा गरेको थियो।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेलको गिरफ्तारप्रति आपत्ति जनाउदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेका थिए। उनले तत्काल पौडेललाई छाड्न माग गर्दै अन्यथा सशक्त प्रतिकार गर्ने चेतावनी समेत दिएका थिए । कांग्रेसका कतिपय नेताले पनि उनको पक्राउको विरोध गरेका थिए।

प्रकाशित : शुक्रबार, मङि्सर १९, २०७७११:४८

खाली विद्यालय भवनमा कोभिड अस्पताल