कोरोना भाइरस महामारीको कारण सहज सेवाको उदेश्यले निःशुल्क गरिएको अन्तर बैंक एटिएम सेवामा अबदेखि शुल्क लाग्ने भएको छ। नेपाल राष्ट्र बैंकले बिहिबार मौद्रिक नीतिको समीक्षा जारी गर्दै अबबाट अन्तर बैंक एटिएम सेवा प्रयोग गर्दा शुल्क लाग्ने जानकारी दिएको हो।
बैंकहरुले ग्राहकमा सहज सेवाको उदेश्यले नि: शुल्क गरिएको अन्तर बैंक एटिएम सेवाका कारण विभिन्न विकृति बढ्दै गएको हुनाले अब देखि उक्त सेवन प्रयोग गरे बापत शुल्क लाग्ने गराएको राष्ट्र बैंकले जानएको छ।
राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको समीक्षामा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेबापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने व्यवस्था पनि गरेको छ।