नेकपा विवादमा सहमति जुटाउने बाटो बन्दै राष्ट्रपति भण्डारी: दाहाल र ओली दुबैलाई शितल निवास बोलाइन् !

सत्तारुढ दल नेकपाको विवादमा सक्रिय भएको भन्दै आलोचना भइरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले आज पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई सामुहिक भेटवार्ताका लागि आमन्त्रित गरेकी छन्। राष्ट्रपति भण्डारीले बिहिबार पनि ओली र प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेकी थिइन्।

नेकपा विवादमा संलग्न भएको र प्रधानमन्त्री ओलीको पक्षमा काम गरेको भन्दै राष्ट्रपति भण्डारीको आलोचना भइरहेको छ।

बिहीबारको बैठकमा उनले प्रधानमन्त्री ओली र प्रचण्डलाई सहमतिको आधारमा काम गर्न आग्रह गरेकी थिइन्। उनले नेताहरुसंगको भेटमा पार्टी नफुटाउन र मिलेर जान सुझाव दिएकी हुन्।

पार्टीभित्रको विवाद समाधान गर्न राष्ट्रपतिले सक्रिय भूमिका खेलेको र शुक्रबारको भेटमा पनि दुबै नेतासँगको छलफलमा सहमति जुटाउने प्रयासमा लागेको निकट स्रोतको दावी छ।

प्रकाशित : शुक्रबार, मङि्सर १९, २०७७१२:५३

कोरोना लागेर कक्षा १२ को परिक्षा छुटेका विद्यार्थीले पनि अब परिक्षा दिन पाउने !