कोरोना संक्रमण भएको कारणले कक्षा १२ को परिक्षा दिन नपाएका विद्यार्थीले पनि परिक्षा दिन पाउने भएका छन्। राष्ट्रिय परिक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार २४ कात्तिकदेखि १६ मंसिरभित्र कोरोना लागेका विद्यार्थीले छुटेको परीक्षा दिन पाउनेछन्।
नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाबाट परिक्षण गरिएको कोभिड–१९ पोजेटीभ रिर्पोट देखाएमा उनीहरुले छुटेको परिक्षा दिन पाउने अर्यालले बताए। परिक्षा बोर्डले कोरोना भाइरस संक्रमित भएर कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीको विवरण संकलन गर्न सुरु गरेको छ।
यसको लागि सम्बन्धित विद्यार्थीहरूले २६ मङ्सिर भित्र आफ्नो विद्यालयलाई कोभिड पोजेटिभ रिर्पोट सहित आफ्नो पूर्ण विवरण बुझाइसक्नु पर्ने र सम्बन्धित विद्यालयले मङ्सिर मसान्त सम्ममा बोर्डमा पठाइसक्नुपर्नेछ।
राष्ट्रिय परिक्षा बोर्डले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर ९ देखि १६ मङ्सिरसम्म कक्षा १२ को परिक्षा संचालन गरेको थियो।