भोलि मङ्सिर २० गते शनिबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

स्वास्थ्यमा समस्या आउनसक्छ। मनमा ग्लानिको भवन रहनसक्छ। खानपानमा विशेष ध्यान दिनुहोला। यस दिन स्त्री वर्ग र पानीबाट टाढा नै रहनुहोला। विद्यार्थी वर्गको लागि दिन मध्यम रहनेछ। घर जग्गाको बारेमा छलफल नगर्नुहोस्। मानसिक तनाव बढ्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

साहित्य तथा लेखन क्षेत्रमा रुचि बढ्नेछ। आमासँग आत्मियता बढ्नेछ। परिवारमा सकारात्मक वातावरण रहनेछ। यात्राको योग बन्नेछ। आर्थिक मामलामा विशेष ध्यान दिनु पर्ने देखिन्छ। कारेयक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

निर्धारित कार्य सरलताका साथ पूरा हुनेछ। आर्थिक आयोजना पनि सफलतापूर्वक सम्पन्न हुनेछ। कार्यक्षेत्रमा सहकर्मीको साथ सहयोग मिल्नेछ। व्यापार व्यवसाय क्षेत्रमा परिस्थिति अनुकूल रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

साथी-भाई तथा परिवारका सदस्यसँग आनन्दमय समय बित्नेछ। रमणीय यात्रा तथा स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। आर्थिक लाभ मिल्ने सम्भावना छ। शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। आफन्तबाट शुभ समाचार मिल्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

शारीरिक तथा मानिसक अस्वस्थता रहन सक्छ। बोली र व्यवहारमा संयम राख्नुहोला, अन्यथा कसैसँग मनमुटाव हुनसक्छ। खर्चको मात्रा बढ्नेछ। स्त्री वर्गसँग सावधान रहनुहोला। आफन्त जानसँग मदभेद हुनसक्छ, सजग रहनुहोला। कार्यक्षेत्रमा समय अनुकूल नरहला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

विभिन्न क्षेत्रमा लाभ प्राप्त हुने सम्भावना छ। आर्थिक लाभ मिल्ने देखिन्छ। आफन्त तथा साथी-भाईसँग आनन्दमय समय बित्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। सन्तानबाट शुभ समाचार मिल्नेछ। प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

घर र कामका लागि उत्तम वातावरण रहनाले मन प्रशन्न रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। पदोन्नतिको योग रहेको छ। कर्यक्षेत्रमा उच्च अधिकारीहरूले तपाईंको कामको कदर गर्नेछन्। परिवारमा हर्षको वातावरण हुनेछ। सरकारी काममा सफलता प्राप्त हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक र मानसिक रुपमा थकित र आलस्य अनुभव हुनेछ। यसको प्रभाव व्यावसायिक क्षेत्रमा देख्न सकिन्छ जसले समस्याहरू निम्त्याउन सक्छ। उच्च अधिकारीहरूको व्यवहार तपाईं प्रति नकारात्मक हुनेछ। बच्चाहरूसँग मतभेद पनि हुनसक्छ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

यस दिन नयाँ कार्य सुरु नगर्नुहोला। स्वास्थ्य बिग्रन सक्छ, विशेषगरी पेट सम्बन्धि समस्याले सताउन सक्छ। पानीबाट टाढा बस्नुहोस्। अचानक केहि रोगले तपाईंलाई सताउन सक्छ। खर्च बढ्नेछ। बोली र व्यवहारमा संयम राख्नु आवश्यक छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

स्वादिष्ट भोजन प्राप्त हुनेछ। साथी-भाईसँग रमणीय यात्रामा जाने मौका मिल्नेछ। विपरित लिंगी प्रति आकर्षण बढ्नेछ। धन लाभ मिल्ने सम्भावना छ। व्यापारमा बिस्तार हुनेछ। कार्यक्षेत्रमा सहकर्मीबाट भरपूर साथ सहयोग प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आफूले गर्नुहुने कामबाट प्रसिद्धि र ख्याति पाउनुहुनेछ। परिवारमा सुखमय वातावरण हुनेछ। शारीरिक तथा मानिसक रूपले तपाईं प्रफुल्लित हुन्हुनेछ। खर्च बढ्नेछ। बिरामीको स्वास्थ्य सुधार हुनेछ। माइती पक्षबाट खुशीको खबर आउनेछ। रोजगारी-व्यवसायको क्षेत्रमा सहकर्मीहरूको सहयोग मिल्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

साहित्य तथा लेखन क्षेत्रमा सफलता मिल्नेछ। विद्यार्थी वर्गको लागि समय अनुकूल रहनेछ। पेट सम्बन्धि समस्या देखा पर्ने सम्भावना छ। प्रेम सम्बन्ध बलियो हुनेछ। परिवारमा सुखमय वातावरण रहनेछ। कार्यक्षेत्रमा भने सोचे जस्तो अनुकूल परिस्थिति नरहला।

प्रकाशित : शुक्रबार, मङि्सर १९, २०७७१९:३४

भोलि २२ गते सोमबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल