काँग्रेसको पदाधिकारी बैठक जारी, सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने पार्टीको तयारी ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पार्टीको पदाधिकारी बैठक सुरु भएको छ। सभापति निवास बुढानीलकण्ठमा सुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पदाधिकारीहरु सहभागी रहेका छन्।

बैठकमा बुधबार तनहुँमा पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको घटना बारे छलफल हुने र पार्टीले सरकारको कार्यशैलीबारे छलफल गर्ने बताइएको छ। पार्टी सभापतिले सरकारप्रति नरम भएको भन्दा चौतर्फी आलोचना खेपिरहेको बेला यस घटनाले पार्टीमा झन् दबाब बढेको छ। यस्तोमा, सरकारविरुद्ध देशव्यापी आन्दोनल गर्ने तयारी आजको बैठकले गर्ने बुझिएको छ।

बुधबार गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न गएका पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेपछि देशव्यापी रुपमा काँग्रेस कार्यकर्ता आन्दोलित भएका छन्। कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेलको गिरफ्तारप्रति आपत्ति जनाउदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर तत्काल पौडेललाई छाड्न माग गरेका थिए।

प्रकाशित : शुक्रबार, मङि्सर १९, २०७७१५:५९

पेट र मुख छ भन्दैमा जेमा पनि, जे पनि हसुर्नु हुँदैन: प्रधानमन्त्री