मेष राशि
- मेष राशिका व्यक्तिका लागि उनीहरूको आर्थिक अवस्था गत वर्षको तुलनामा यस वर्ष अझ राम्रो हुनेछ।शनिको गोचर राशिको अष्टम भावमा मकर राशिमा हुनाले शनिको दृष्टि धन भावमा हुनेछ, जसले आय बढ्नेछ भने खर्च कम हुनेछ। यस वर्ष कसैलाई ऋण दिएको पैसा फिर्ता आउनेछ। करियरको दृष्टिकोणबाट वर्षको शुरुमा काममा राम्रो अवसरहरू पाउनुहुनेछ।
- २०२१ को मे देखि अक्टोबरसम्म ग्रहको वक्री हुनाले काम र व्यवसाय दुबै क्षेत्रमा धेरै सावधान हुनु आवश्यक छ। जुनपछि भने साथी कर्मचारीका कारण तनावमा पर्न सकिन्छ। त्यसैले धैर्यताका साथ आफ्नो कुरा राख्ने प्रयास गर्नुहोस्। यस वर्षको अन्त्यमा, रोजगार परिवर्तन हुनसक्छ र जागिरको खोजीमा रहेकाले उपयुक्त ठाउँमा काम गर्ने राम्रो मौका पाउनेछन्।
- पारिवारिक जीवनको कुरा गर्दा वर्षको सुरुका महिनाहरूमा परिवारका सदस्यहरू बीच मनमुटाव हुनसक्छ। मनमा भ्रमको स्थिति आउनसक्छ। मे देखि जुलाईसम्म परिवारमा सुखमय वातावरण सिर्जना हुनेछ। परिवारमा आपसी मिलजुल बढ्नेछ। त्यस्तै, प्रेम तथा वैवाहिक जीवनको सम्बन्धमा यस वर्षको सुरुवात मेष राशिको लागि प्रेम जीवनको लागि शुभ रहने छ।
- स्वास्थ्य दृष्टिकोणबाट यस वर्ष राम्रो हुनेछ। खानपानको विशेष ख्याल राख्नु पर्छ। वर्षको अन्त्यमा सानो दुर्घटनाको योग रहेकोले धेरै ध्यानपूर्वक गाडी चलाउनुहोस्।