काठमाडौँ – पछिल्लो केहि समय देखि नेपालमा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन हुने क्रम बढेको छ। केहि समय अगाडी नेपालका धेरै जस्ता शहरमा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन भएका थिए। प्रदर्शन हने थालेसँगै राजसंस्था पुनःस्थापनाको सम्बन्धमा नेपालमा बहस पनि शुरु भएको छ।
विश्वको कुरा कर गर्नुपर्दा २० औं शताब्दीको सुरुदेखि राजतन्त्रको पुनर्स्थापना विरलै भएको छ। १९४७ मा यस प्रणालीलाई समाप्त गरेपछि स्पेनले १९७५ मा राजतन्त्र पुनर्स्थापित गरेको थियो। खाडी युद्धपछि कुवेतले १९९० मा समाप्त गरेको राजतन्त्रको १९९१ मा पुन: स्थापना गरे र कम्बोडियालाई मार्क्सवादी गणतन्त्रबाट वैकल्पिक राजतन्त्रमा रूपान्तरण गर्ने बाहेक आधुनिक युगमा राजतन्त्र प्रणालीलाई पुनर्स्थापित गर्ने विरलै घटना भएका छन्।
यी हुन् ईतिहासको सूचीमा राजतन्त्र पुनःस्थापित भएका देशहरू…
ग्रीस
ग्रीसमा ३ नोभेम्बर १९३५ मा भएको जनमत संग्रहले अन्तत: देशको राजतन्त्रको पुन: स्थापना गर्यो जुन १९७४ डिसेम्बर ८ को जनमत संग्रहले खारेज गरेको थियो।
माल्दिभ्स
माल्दिभ्सले १९५२ मा राजतन्त्रको उन्मूलनका लागि संवैधानिक जनमत संग्रह गरे गर्यो। पछि १९५३ को संवैधानिक जनमत संग्रहले यस प्रणालीलाई पुनःस्थापित गर्यो र १५ मार्च १९६८ मा जनमत संग्रहबाट फेरी समाप्त गरियो।
मेक्सिको
मेक्सिकोले ४ डिसेम्बर १९६३ मा मेक्सिकन सम्राट जनमत संग्रह मार्फत राजतन्त्र प्रणाली पुनर्स्थापित गर्यो।
स्पेन
स्पेनले १९४७ जुलाई ६ को सफल जनमत संग्रहपछि राजालाई पुनःस्थापित गर्यो र उत्तराधिकार फिलिपे छैठौं अहिलेसम्म सिंहासनमा छन्।
वेलायत
१६६० मा राजा चार्ल्स दोस्रो आफ्नो ३० औं जन्मदिनमा निर्वासनबाट फर्केपछि राजतन्त्रको पुनर्स्थापना भयो। अधिकार विधेयक, १६८९ ले सम्राटको सरकारी शक्ति घटायो। महारानी एलिजाबेथ द्वितीय फेव्रुवरी ६ १९५२ देखि राज्यको प्रमुख भइन्।
२०२० मा एशियाका १३ देश, युरोपका १२, उत्तर अमेरिकाका १० र ओसिनिया र अफ्रिकाका ९ देश गरी ४४ देशमा राजतन्त्र रहेको छ।