कर्कट राशि
- कर्कट राशिका मानिसको यो वर्ष अनुशासन र कडा परिश्रमले भरिपूर्ण हुनेछ। धनको मामलामा मानसिक तनाव बढ्नसक्छ। त्यसैले, खर्च गर्दा सावधान रहनुहोस्। मार्च महिनादेखि भने अचानक धन निवेशको योग बन्नेछ। यस्तो अवस्थामा तपाईंको आर्थिक अवस्था वर्षभरि मिश्रित रहनेछ। मे महिनापछि अत्यधिक खर्च हुने सम्भावना देखिन्छ। वर्षको अन्त्यमा, तपाईंको वित्तीय स्थिति बलियो हुन शुरू हुन्छ।
- २०२१ को सुरुवाती महिनामा व्यापारमा धेरै राम्रा अवसरहरू प्राप्त हुनेछ। तपाईंको नयाँ व्यापार नीति सफल साबित हुनेछ। पूरा वर्ष पूँजी निवेशको लागि शुभ रहनेछ। कामको सन्दर्भमा देश र विदेश भ्रमण हुनसक्छ र कडा मेहनतको साथ तपाईंले नयाँ परियोजनाहरू र सम्झौताहरूमा सफलता प्राप्त गर्नुहुनेछ। वर्षको अन्त्यमा पदोन्नतिको योग बन्नसक्छ।
- पारिवारिक जीवनको हिसाबले वर्ष निकै शुभ रहनेछ। पारिवारिक सम्बन्ध राम्रो हुनेछ। अप्रिल २०२१ पछि घरमा धार्मिक कार्यक्रम आयोजना हुनसक्छ। प्रेम जीवनको दृष्टिकोणबाट पानो दिन शुभ रहनेछ। प्रेम सम्बन्धि अझ बलियो र प्रगाढ हुनेछ।
- वैवाहिक जीवनको कुरा गर्दा जीवनसाथीसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। तर यो समस्या धेरै समय रहनेछैन। बिस्तारै सम्बन्धमा सुधार आउनेछ। कर्कट राशिका लागि स्वास्थ्यको हिसाबले यो वर्ष अनुकूल रहनेछ। खानपानमा भने विशेष ध्यान राख्नुहोला।