करिब एक महिना पछि प्रचण्ड-ओली वन–टु–वन वार्तामा !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्षद्वयबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भेट भएको हो। पार्टी भित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला सचिवालय बैठक बस्नुअघि दुई अध्यक्ष बीच भेट भएको बालुवाटार श्रोतले जनाएको छ।

प्रचण्डले सचिवालय बैठकमा राजीनितिक प्रतिवेदन पेश गरेपश्चात दुई अध्यक्ष बीच संवाद हुन नसकिरहेको अवस्थामा शनिबारको भेटलाई महत्वका साथ हेरिएको छ।

नेकपा श्रोतका अनुसार दुई अध्यक्षबीच कात्तिक २५ यता ‘वान टु वान’ भेट-वार्ता हुन सकेको छैन। दुई अध्यक्ष बीचको मतभेतले पार्टीलाई फुट तर्फ अग्रसर गराएपछि पछिल्लो समय नेकपाका दोस्रो तहका नेताहरु सक्रिय भएका छन्।

शनिबार बिहान मात्रै स्थायी कमिटी सदस्य तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली निवास खुमलटार पुगेर प्रचण्डसँग छलफल गरेका थिए। यस्तै शुक्रबार प्रचण्डनिकट उर्जामन्त्री वर्षमान पुन र प्रधानमन्त्रीनिकट लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबीच लामो संवाद भएको थियो।

त्यस्तै शुक्रबार नै कृषि मन्त्री घनश्याम भुसाल र उर्जामन्त्री पुनबीच संवाद भएको थियो। गएको दुई दिनमा ओली निकट मानिएका उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि प्रचण्डसँग भेट गरिसकेका छन्।

प्रकाशित : शनिबार, मङि्सर २०, २०७७१३:३७

सवारीसाधनमा भाडादर नटाँसे कारवाही