मेस्सी पीएसजी जाने चर्चा !

एजेन्सी – गएको केहि दिन देखि मेस्सी बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने चर्चाले हुन थालेको छ। नेयमारले एक मिडियालाई दिएको अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिसँगै मेस्सी पीएसजी जाने चर्चा शुरु भएको हो।

नेयमारले केहि दिन अगाडी बार्सिलोनाका कप्तान लियोनेल मेस्सीसँग खेल्ने तिब्र इच्छा जाहेर गरेका थिए। त्यसक्रममा उनले मेस्सी र आफू सन् २०२१ मा सँगै हुने विश्वास व्यक्त समेत गरेका थिए।

बार्सिलोना जाने सम्भावना टुंगिसकेको अवस्थामा नेयमारले दिएको अभिव्यक्तिले विभिन्न अनुमानहरुलाई जन्माएको छ। विश्वभरका फुटबलका जानकारहरु यति बेला मेस्सी बार्सिलोना छाडेर पीएसजी जाने अनुमान लगाइरहेका छन्।

मेस्सी र नेयमार बीच रहेको मित्रताले मेस्सीलाई पीएसजी तान्न सक्ने धेरैको अनुमान छ। बार्सिलोनासँग मेस्सीको सम्झौता २०२१ जुनसम्म अर्थात ६ महिनासम्म रहेको छ । जसकारण फ्री ट्रान्सफरमा मेस्सीलाई ल्याउन पीएसजी इच्छुक रहेको बताइन्छ।

मेस्सी बारे पीएसजीका अध्यक्षले यसो भने

नेयमारले मेस्सी र आफू सन् २०२१मा सँगै हुने बताएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)का अध्यक्ष नासिर अल खालिफाले मेस्सीको ट्रान्सफर बारे आफूले केहि पनि भन्न नसक्ने बताएका छन्।

मेस्सीलाई ल्याउन पीएसजीले भित्र-भित्रै तयारी गरिरहेको अनुमान गरिएका बेला खालिफाले मेस्सी बार्सिलोनाका खेलाडी रहेको र उनी बारे आफूले कुनै पनि टिप्पणी नगर्ने बताए।

नेयमारले के भनेका थिए ?

च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि ३–१ को महत्वपुर्ण जित निकालेपछि नेयमारले आफ्नो पुर्व सहयात्री अर्जेन्टिनी तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीसँग खेल्ने चाहना रहेको बताए थिए।

“म फेरी मेस्सीसँग खेल्न चाहन्छु।”,उनले भनेका थिए,”यहि हो जे अहिले म सबै भन्दा बढी चाहिरहेको छु। फेरी उनीसँगै मैदानमा हुने मेरो इच्छा छ। विश्वास छ अर्को वर्ष हामी सँगै खेल्नेछौं”

 

त्यसक्रममा नेयमारले मेस्सीसँग कुन क्लबबाट खेल्ने भन्ने पुष्टि भने गरेका थिएनन्।

प्रकाशित : शनिबार, मङि्सर २०, २०७७१४:५४

म्याराडोनाको सम्मानमा नेपोलीको रंगशालाको नाम परिवर्तन गरियो !