काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ४० वर्षसम्म राजतन्त्रले थुपारेको फोहोर सोहोर्न नभ्याएको बताएका छन्।
पछिल्लो समय देशका विभिन्न स्थानमा राजसंस्थाको माग गर्दै भइरहेको प्रदर्शन प्रति लक्षित गर्दै भट्टराईले ४० वर्षसम्म राजतन्त्रले थुपारेको फोहोर सोहोर्न नभ्याएको बताएका हुन्। भट्टराईले ट्वीटर मार्फत ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएको भन्दै राजावादीहरूलाई विभिन्न प्रश्न गरेका छन्।
२ सय ४० वर्ष सम्म राजतन्त्रले थुपारेको निरंकुशता,गरीबी,वेरोजगारी,भ्रष्टाचार,जातीय/क्षेत्रीय/लैंगिक विभेद,पराधीनताको फोहर १२ वर्षमा गणतन्त्रले सोहोर्न नसकेको भट्टराईले ट्वीटरमा उल्लेख गरेका छन्। राजतन्त्रले थुपारेको ‘फोहोर’ सबै मिलेर सोहोर्नु पर्ने भट्टराईको भनाई छ।
“ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न: २४०बर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता, गरीबी, वेरोजगारी, भ्रष्टाचार, जातीय क्षेत्रीय लैंगिक विभेद, पराधीनताको फोहर १२ वर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने?”,भट्टराईले ट्वीटरमा लेखेका छन्।
ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न: २४०बर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता,गरीबी,वेरोजगारी,भ्रष्टाचार,जातीय/क्षेत्रीय/लैंगिक विभेद,पराधीनताको फोहर १२बर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने?
— Baburam Bhattarai (@brb1954) December 5, 2020