दिपिका सहित यी ४ नायिका जो क्रिकेटरसँग प्रेममा थिए, कार्ड छापियो तर बिहे हुन सकेन…!

बलिउड र    क्रिकेटको नाता पुरानो समय देखि नै छ । कहिले कुनै एक्ट्रेस  क्रिकेटर प्रति  फिदा हुन्छन् भने कुनै क्रिकेटर  एक्ट्रेसमा फिदा हुन्छन्। ती मध्ये कुनै जोडीको प्रेम सफल साबित भयो भने कुनैको  हल्लामा मात्र सिमित रह्यो। यतिमा अनुष्का शर्मा, हेजल कीच, सागरिका घाटके, संगीता बिजलानी र शर्मिला टैगोर जस्ता केहि अभिनेत्रीले भने  भारतीय क्रिकेटरसँग बिहे गर्न सफल भए ।  तर यी  ५ एक्ट्रेस जो अफेयरमा भए पनि बिहे गरेनन्।

अमृता सिंह र रवि शास्त्री

अभिनेत्री अमृता सिंह र भारतीय क्रिकेट टीमको चर्चित  खेलाडी  रवि शास्त्रीको अफेयरको निकै चर्चा भएको थियो।   विराट र युवराजभन्दा पहिले  रवि भारतीय क्रिकेट टीमको  पोस्टर ब्वाई थिए ।  शारजहांन स्टेडियममा  अमृताले रवि शास्त्रीलाई   चीयर गरेको थिइन्।

ईशा शर्वानी र जहीर खान

अभिनेत्री सागरिका घाटकेलाई मन पराउनु भन्दा पहिले  भारतीय क्रिकेट टीमको  तेज बलर  जहीर खानले  अभिनेत्री ईशा शरवानीलाई  डेट गरिसकेका छन् । यी  जोडीलाई फ्यानले  धेरै मनपराउथे। दुवै आठ वर्षसम्म  रिलेशनशिपमा थिए।  उनीहरुको बिहे पनि हुन लागेको थियो र बिहेको कार्ड पनि छापिएको थियो। तर पछि दुवैजना कामको व्यस्तताको कारण अलग भएका थिए।

नगमा र सौरव गांगुली

नगमाको भारतीय क्रिकेट टीमको सफल  खेलाडीमा  सौरव गांगुलीको पनि नाम जोडिएको थियो।  दुवैजना गहिरो प्रेममा थिए।   दुवैले लामो समयसम्म एकअर्कालाई डेट गरे। यी दुईलाई मिडियाले पनि पिछा गर्न छोड्दैनथे।  यता सौरव गांगुलीले  भने  दोनासँग बिहे गरेका थिए ।

दिपिका पादुकोण र युवराज सिंह

यो लिस्टमा बलिउडकी चर्चित र सफल अभिनेत्री  दिपिका पादुकोणको नाम पनि आउँछ।  एक समयमा  दिपिकाको   नाम भारतीय टीमको स्मोकी ब्याटर युवराज सिंहसँग जोडिएको थियो। तर यी दुईको रिलेशन अगाडी बढेन। यो हल्ला पनि थियो   कि दिपिका र महेन्द्र  सिंह धोनी एकअर्कालाई डेट  गर्छन्।

किम शर्मा  र युवराज सिंह

दिपिका मात्र नभई युवराज सिंहको नाम  ब्लकबस्टर फिल्म मोहब्बतेमा सपोरटिंग रोल निभाएकी अभिनेत्री किम शर्मासँग पनि जोडिएको थियो। यो समयमा  युवराज क्यान्सरसँग लडिरहेका थिए।  तैपनि किमलाई डेट गरिरहन्थे। त्यसपछि युवराजको नाम  अभिनेत्री हेजल कीचसँग जोडियो र यी दुईले बिहे पनि गरे।

प्रकाशित : शनिबार, मङि्सर २०, २०७७१७:१५

विवाह अगाडी प्रितीको थियो यी ५ व्यक्तिसँग अफेयर, एकले त हानेका थिए जोडदार थप्पड !