आफ्नो सुन्दरताले दर्शकलाई मुग्ध बनाउथे ९० दशकका यी ४ अभिनेत्री !

आज मात्र नभई बलिउडमा लामो समयदेखि अभिनेत्रीले आफ्नो अभिनय र सुन्दरताले सबैको मन जित्न सफल भएका छन् । ९० दशकको अभिनेत्रीको कुरा गर्दा बुढो होस् वा बच्चा सबैको अनुहारमा मुस्कान आउँछ । ९० को दशकको अभिनेत्री अहिले पनि त्यति नै सुन्दर छन् जति पहिले थिए । यस  रिपोर्टमा हामी तपाईलाई बताउँछौ ९० को दशकको चार अभिनेत्री जसको लुक्स बदलिएको छ ।

ऐश्वर्या राय बच्चन

ऐशको नामबाट चर्चित विश्व सुंदरी ऐश्वर्या राय बच्चनको सुन्दरताको  चर्चा देशमा मात्र नभई विदेशमा पनि रहेको छ । आज पनि सुन्दरताको कुरा गर्दा  ऐश्वर्या रायको  नाम लिस्टमा आउँछ ।  ऐश्वर्या राय बच्चनले  फिल्ममा काम गर्न छोडेकी छन् । तर सोशल मीडियामा  ऐशको तस्विर भने भाइरल भईरहन्छ।

करिश्मा कपूर


९० को दशकमा हरेकलाई मुग्ध बनाउने  करिश्मा कपूर अहिले पनि त्यसति सुन्दर छिन् जति पहिले थिइन् । तर अहिले भने उमेरको असर थोरै देख्न थालेको छ । बलिउडमा चर्चित र सुपरहिट  फिल्म दिने अभिनेत्री आफ्नो निजी कारणले चर्चामा रहन्छिन् । करिश्मा कपूरको बिहे  संजय कपूरसँग भएको थियो तर यी दुई अहिले छुट्टी सके ।  करिश्मा छिट्टै  वेब सीरीज मेंटलहुडमा देखिनेछिन् ।

माधुरी दीक्षित

धक धक गर्ल माधुरी दीक्षितलाई अहिले पनि लाखौँ करोडौँले मन पराउँछन्  । माधुरी दीक्षित डान्सले मात्र नभई सुन्दरताको कारण पनि चर्चामा रहन्छिन् । माधुरी अहिले पनि टिभी र फिल्म जगतमा सक्रिय रहन्छिन् ।  सोशल मीडियामा पनि   माधुरी आफ्नो तस्विर शेयर गरिरहन्छिन् ।

काजोल


काजोललाई  बलिउडको चर्चित अभिनेत्रीको रुपमा चिनिन्छ । काजोल  सोशल मीडियामा निकै सक्रिय रहन्छिन साथै  फिल्ममा  पनि रहन्छिन् । हालै काजोल श्रीमान  अजय देवगनसँग  फिल्म  तानाजी द अनसंग वारियरमा देखिएकी थिइन् । फिल्मले २०० करोडभन्दा धेरै कमाई गरेको थियो ।

प्रकाशित : शनिबार, मङि्सर २०, २०७७१७:२०

प्रियंका चोपडा भन्दा अघि यी ७ हट मोडेल एवं अभिनेत्रीलाई डेट गरिसकेका छन् निकले