सोमबार पछाडी लगातार बढेको सुनको मूल्य आज एक्कासी घट्यो !

काठमाडौँ – लगातार चार दिन सम्म बढेको सुनको मूल्य आइतबार घटेको छ। गत हप्ताको सोमबार घटेर साढे पाँच महिना यताकै सस्तो भएर मंगलबार, बुधबार, बिहिबार र शुक्रबार लगातार घटेको सुनको मूल्य आज आइतबार घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा २ सय रुपैंयाले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ७ सय कायम भएको छ।

आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैंयाले घटेको छ। आज तेजाबी सुन प्रतितोला ९२ हजार २ सय ५०मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस अगाडी छापावाला सुन शुक्रबार प्रतितोला ९२ हजार ९ सय, बिहिबार प्रतितोला ९२ हजार ६ सय, बुधबार ९१ हजार र मंगलबार ९० हजार ५ सयमा कारोबार भएको थियो। गत हप्ताको सोमबार सुन असार ५ गते यताकै सस्तो मूल्यमा कारोबार भएको थियो। त्यसदिन सुनको मूल्य ९० हजार थियो।

यस्तै आज चाँदीको मूल्य भने स्थित रहेको छ। आज चाँदी १ हजार २ सय १०मा कारोबार भइरहेको छ।

प्रकाशित : आइतबार, मङि्सर २१, २०७७११:१५

भक्तपुरमा भयानक कार दुर्घटना, १ जनाको मृत्यु !