सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरू भएको छ। बैठकमा पार्टी अध्यक्षका राजनीतिक प्रस्तावहरू पेश हुनुका साथै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ५ नेताले बैठकको माग गर्दै लेखेको पत्र, प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीद्वारा उक्त मागको जवाफमा लेखेको पत्र र प्रचण्डको पत्र पेश हुने कार्यक्रम छ।
बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन्। प्रधानमन्त्री ओलीले आइतबार बिहान मात्र चिकित्सकहरुसँग बैठक कक्षमा कोरोना संक्रमणको जोखिम बारे छलफल गरेका थिए। बैठक कक्ष सानो भएकोले उक्त ठाउँमा कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै ओली बैठकमा उपस्थित नभएको नेकपा स्रोतले जानएको छ।
यसैबीच, पार्टीको स्थायी कमिटी बैठकलाई मध्यनजर गर्दै धुम्बाराही तथा आसपासका क्षेत्रको सुरक्षा व्यवस्था कडा परिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोलीले पार्टी कार्यालयको सुरक्षा दिइरहेको बताइएको छ। ब-म डिटेक्टरसहितको सुरक्षा टोलीले गस्तीका साथै सुरक्षाकर्मीद्वारा तालिम प्राप्त कुकुर पनि तैनाथ छन्।