मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
तपाईंको लागि यस दिन मिश्रित रहनेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। तपाईं शारीरिक थकान अनुभव गर्नुहुनेछ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। सन्तानको विषयले मन चिन्तित रहनसक्छ। परिवारका सदस्यसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
तपाईंको लागि यस दिन मध्यम फलदायी रहनेछ। तपाई कुनै पनि काम उच्च मनोबल र पूर्ण विश्वासका साथ गर्न सक्नुहुनेछ। बुबा तथा पैतृक सम्पत्तीबाट लाभ मिल्ने सम्भावना छ। सन्तानको लागि खर्च हुनेछ। कलाकारहरू र खेलाडीहरूको लागि दिन शुभ रहनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
तपाईंको लागि यस दिन लाभदायक रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन उत्तम रहनेछ। आर्थिक पक्ष मजबूत रहनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। कुनै पनि ठाउँमा पूँजी निवेश गर्दा भने सावधान रहनुहोला, अन्यथा घाटा हुने सम्भावना छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईंको लागि यस दिन मध्यन फलदायी रहनेछ। स्वास्थ्य बिग्रन सक्छ, विशेषगरी आँखा सम्बन्धि समस्याले सताउला। मनमा ग्लानिको भवन रहनसक्छ। परिवारका सदस्यबीच मनमुटावको स्थिति सिर्जना हुनसक्छ। विद्यार्थी वर्गको लागि पनि समय अनुकूल छैन।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाईंको लागि यस दिन शुभ फलदायी रहनेछ। सरकारी कार्यमा लाभ मिल्ने सम्भावना उच्च छ। बुबा तथा आफूभन्दा ठूलाको साथ सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा मन-सम्मान प्राप्त हुनेछ। पेटको समस्याले सताउला, त्यसैले खानपानमा विशेष ध्यान दिनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ। शारीरिक तथा मानिसक अस्वस्थता रहनेछ। आकस्मिक खर्च हुनसक्छ। साथी-भाईसँग मनमुटाव हुने सम्भावना छ। धार्मिक कार्यमा खर्च हुनेछ। शान्त दिमागले काम गर्नुहोस्। क्रोधको कारणले काम बिग्रिने सम्भावना छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईंको लागि यस दिन शुभ फलदायी हुनेछ। साथी-भाईसँग घुम्न जाने अवसर मिल्नेछ। गृहस्थजीवनमा पत्नी तथा सन्तानबाट सुख प्राप्ति हुने योग रहेको छ। व्यापार व्यवसाय क्षेत्रमा लाभ मिल्ने सम्भावना छ। आय बढ्नेछ। स्त्री वर्गबाट लाभ मिल्नसक्छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
तपाईंको लागि यस दिन शुभ रहनेछ। प्रत्यक कार्य सरलताका साथ पूरा गर्न सक्नुहुनेछ। मान-प्रतिष्ठा बढ्नेछ। पदोन्नतिको योग रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। धन लाभ मिल्ने सम्भावना छ। मित्र तथा आफन्तबाट पनि लाभ मिल्ने देखिन्छ। यात्राको योग बन्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तपाईंको लागि दिन त्यति राम्रो नरहला। यात्रा गर्दा सावधान रहनुहोस्। शारीरिक तथा मानिसक अस्वस्थता रहनसक्छ। सन्तानको विषयले मन चिन्तित रहला। कार्यक्षेत्रमा सफलताको योग कम छ। अनावश्यक वाद-विवादमा नोपर्नुहोला। उच्च पदाधिकारी राम्रो सम्बन्ध नरहला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कार्यक्षेत्रमा परिस्थिति अनुकूल रहनेछ। व्यावहारिक र सामाजिक कार्यको लागि बाहिर जाने अवसरहरू प्राप्त गर्न सक्नुहुनेछ। खानपानमा विशेष ध्यान दिनुहोला। आकस्मिक खर्च हुने सम्भावना छ। शारीरिक स्वास्थ्य बिग्रन सक्छ। यस दिन नयाँ कार्य आरम्भ नगर्नु नै राम्रो हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
विपरीत लिंग व्यक्तिसँग मित्रताको साथ पहिचान बढ्नेछ। रमणीय यात्राको सम्भावना छ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। कार्यक्षेत्रमा सहकर्मीबाट भरपूर साथ सहयोग मिल्नेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
तपाईंको लागि यस दिन शुभफलदायी रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख- शान्तिमय वातावरण रहनेछ। दैनिक कार्य राम्रोसँग गर्न सक्षम हुनुहुनेछ। माइती पक्षबात शुभ समाचार प्राप्त हुने सम्भावना छ। वाणीमा संयम राख्नुहोला।