ह्वात्तै बढाइयो खाने तेलको मूल्य !

काठमाडौं । बजारमा व्यापारीहरूले खाने तेलमा अस्वभाविक रूपमा मुल्यवृद्धि गर्न थालेका छन् । पछिल्लो एक महिनामै तोरी, सोयाबिन र सूर्यमुखी तेलको मूल्य मनपरी ढंगले वृद्धि गरेका छन् । उनीहरूले तेलको भाउमा प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले वृद्धि गरेको भेटिएको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

तिहारसम्म १ सय ३० देखि १ सय ४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयाबिन तेल अहिले १ सय ७० देखि १ सयि ८० रुपैयाँ पु¥याइएको छ । यस्तै १ सय ६० रुपैयाँमा कारोबार भएको सनफ्लावर तेलको भाउ दुई सय रुपैयाँ भन्दामाथि पु¥याइएको हो । तोरीको तेलको मूल्य पनि कम्पनीअनुसार लिटरमा २० रुपैयाँभन्दा बढीले बढेको खुद्रा व्यापारीहरूले बताएका छन् ।

होलसेलबाट बढेको मूल्यमा तेल आएको भनेर खुद्रा व्यापारीलाई जानकारी गराइएको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए । ‘मूल्य बढेको छ भनेर नयाँ मूल्य होलसेलले पठाएका छन् तर हामीलाई कारण थाहा छैन्,’ महासचिव तुलाधरले भने ।

उपभोक्तालाई एक महिनाको बीचमै तेलको भाउ लिटरमै ५० रुपैयाँसम्मले बढेको भन्नै नसक्ने अवस्था सिर्जना भएको व्यापारीहरूले बताए । महिनौँअघि उद्योगमा प्याकिङ अवस्थामा रहेका तेलको भाउ पनि व्यापारीहरूले एक्कासि बढाएर बजारमा पठाएका छन् । तेलको अधिकतम खुद्रा बिक्री मूल्य बढेको नदेखिने गरी होलसेलले तेलको भाउ बढाएको खुद्रा व्यापारीहरूले बताएका छन् । प्याकेटमा पुरानै मितिमा लेखिएको एमआरपी भए पनि होलसेलले भने नयाँ मूल्य लगाउँदा ग्राहकलाई तेल बेच्न नसक्ने अवस्था सिर्जना भएको खुद्रा व्यवसायीले जानकारी दिए ।

बजारमा तेलेको भाउ अचाक्ली बढे पनि सरकारी अनुगमन भने शून्यप्रायः छ । पछिल्लो एक सातादेखि बजारमा तेलको भाउ बढे पनि अनुगमनकारी निकाय मौन बसेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

प्रकाशित : सोमबार, मङि्सर २२, २०७७०८:४८

नेकपा विवाद: शक्ति सञ्चयमा अध्यक्षद्वय !