तुला राशि
- आर्थिक हिसाबले वर्षको सुरुवात राम्रो हुनेछ। आयका साथै खर्च मा पनि वृद्धि हुनेछ। तपाईंको वित्तीय स्थिति पहिले भन्दा राम्रो हुनेछ। मे महिनापछि नयाँ सवारी साधनहरु खरिद गर्ने सपना पनि यस वर्ष पूरा हुनेछ। नयाँ साइट निर्माण गर्न वर्षको बीचमा पैसा खर्च हुनसक्छ।
- ज्योतिष गणनाको अनुसार यो वर्ष तुला राशिका मानिसको लागि शनि र गुरुको गोचरले मिश्रित परिणाम प्रदान गर्दछ। कसैको कुरामा आएर नयाँ व्यापारको बारेमा नसोच्नुहोस्, अन्यथा तपाईं धोकामा पर्न सक्नुहुन्छ। यस वर्ष पार्टनरको सल्लाह बिना कुनै काम एक्लै नगर्नुहोस्। यस वर्ष कामको शिलशिलामा देश विदेश जाने अवसर मिल्नेछ।
- पारिवारिक हिसाबले यो वर्ष शुभ रहनेछ। प्रेम तथा विवाहको मामलामा पनि वर्ष सकारात्मक रहनेछ। प्रेमी-प्रेमिकासँग निकटता बढ्नेछ। साथै रमणीय यात्रामा जाने मौका पनि मिल्नेछ।
- वैवाहिक जीवन यो वर्ष मिश्रित रहनेछ। स्वास्थ्य हिसाबले हेर्दा वर्ष त्यति खास नरहला। कुनै ग-म्भीर समस्याले सताउने सम्भावना उच्च छ। वर्षको अन्त्यमा भने स्वास्थ्यमा सुधार आउनेछ।