मेस्सी भर्सेस रोनाल्डो: को ‘द बेस्ट’ ? यस्तो छ दुबैको तथ्यांक !

क्रिस्टियानो रोनाल्डो भर्सेस लियोनेल मेस्सी – को हो त ‘ग्रेटेस्ट अफ अल टाइम’? यो ‘डिएगो माराडोना वा पेले पछि फुटबलको सबैभन्दा ठूलो बहस बनेको छ। विगत एक दशकदेखि यी दुई बीच को उत्कृष्ट भन्ने विवाद उठ्दै आएको छ।

यी दुई अद्भुतिया खेलाडीका तथ्यांक हेरौं…. 

रोनाल्डो भर्सेस मेस्सी: क्लब गोल 

Cristiano Ronaldo Season Lionel Messi
5 2002-03
6 2003-04
9 2004-05 1
12 2005-06 8
23 2006-07 17
42 2007-08 16
26 2008-09 38
33 2009-10 47
53 2010-11 53
60 2011-12 73
55 2012-13 60
51 2013-14 41
61 2014-15 58
51 2015-16 41
42 2016-17 54
44 2017-18 45
28 2018-19 51
37 2019-20 31
In progress 2020-21 In progress

क्लब गोलको हिसाबले क्रिस्टियानो रोनाल्डोले लियोनल मेस्सीभन्दा बढी गोल गरेका छन्। तर धेरै मानिसले यो प्रश्न उठाउन सक्छन् कि रोनाल्डोले मेस्सी भन्दा २ सिजन धेरै खेलका छन्।

यी दुबै खेलाडीले आफ्नो करियरमा ६३० भन्दा बढी गोल गरिसकेका छन्। रोनाल्डोले समग्रमा मेस्सीले भन्दा बढी गोल गरेका छन्, जबकि मेस्सीको एक सिजनको औसत गोल (४०) रोनाल्डोको(३५) भन्दा बढी रहेको छ।

रोनाल्डो भर्सेस मेस्सी: क्लब असिस्ट 

Cristiano Ronaldo Season Lionel Messi
7 2009-10 11
16 2010-11 21
15 2011-12 29
12 2012-13 14
14 2013-14 11
21 2014-15 27
15 2015-16 23
11 2016-17 16
8 2017-18 18
10 2018-19 19
5 2019-20 25
In progress 2020-21 In progress

असिस्टको मामलामा मेस्सी रोनाल्डो भन्दा अगाडी रहेका छन्। असिस्ट र गोल दुबैमा बराबर संलग्न हुने कारणले पनि गोट डिबेटमा यो पक्ष मेस्सीको नाममा जानसक्छ।

रोनाल्डो भर्सेस मेस्सी: च्याम्पियन्स लिग 

Cristiano Ronaldo Champions League stat Lionel Messi
173 Appearances 146
132 Goals 118
0.76 Goals per game 0.8

*डिसेम्बर २ सम्मको तथ्यांक अनुसार

रोनाल्डो च्याम्पियन्स लिग इतिहास कै उच्च गोलकर्ता हुन्। यस मामलामा मेस्सी पनि धेरै पछि भने छैनन्। खेल संख्या अनुसार गोल अनुपातमा भने मेस्सी रोनाल्डो भन्दा अगाडी नै छन्।

रोनाल्डो भर्सेस मेस्सी: विश्वकप

Cristiano Ronaldo World Cup stat Lionel Messi
17 Appearances 19
7 Goals 6
0.4 Goals per game 0.3

जब विश्वकपको कुरा आउँछ, रोनाल्डो र मेस्सीलाई अण्डरपोर्मर मानिन्छ र सायद यो उनीहरुको तथ्यांकले पनि न्याय गर्छ। पोर्चुगिज स्टारले थोरै खेलमा धेरै गोल गरेका छन्। तर मेस्सी यस प्रतियोगिताको गोल्डेन बल विजेता र फाइनालिस्ट पनि हुन्। यो पनि यस विवादको विषय बन्नसक्छ।

रोनाल्डो भर्सेस मेस्सी: अन्तराष्ट्रिय तथ्यांक 

Cristiano Ronaldo Stat Lionel Messi
170 International caps 142
102 International goals 71
0.6 Goals per game 0.5

अन्तराष्ट्रिय स्तरमा खेलको तुलनामा तथ्यांक समान देखिन्छ। रोनाल्डोले अन्तराष्ट्रिय स्तरमा १०१ गोल गरिसकेका छन् भने मेस्सीले ७१ गोल गरेका छन्। दुबै आफ्नो देशको लागि उच्च गोलकर्ता हुन्।

रोनाल्डो भर्सेस मेस्सी: उपाधि 

Cristiano Ronaldo Competition Lionel Messi
0 World Cup 0
1 European Championship / Copa America 0
0 Olympics 1
7 League titles 10
5 Champions League 4
4 Club World Cup 3
3 National Cups* 6
20 Total 24

नशनल कप: उदाहरणका लागि कोप डेल रे, एफए कप आदि

उपाधि हिसाबले यी दुई खेलाडीको तथ्यांक समान देखिन्छ। मेस्सी थोरै अगाडी छन्। मेस्सीले रोनाल्डोको तुलनामा लिग उपाधि बढी जितेका छन् भने च्याम्पियन्स लिगको हिसाबले रोनाल्डो मेस्सी भन्दा १ उपाधि अगाडी छन्।

रोनाल्डो भर्सेस मेस्सी: व्यक्तिगत अवार्ड

Cristiano Ronaldo Award Lionel Messi
5 Ballon d’Or 6
2 The Best FIFA Men’s Player 1
4 European Golden Shoe 6
0 World Cup Golden Ball 1
4 UEFA Player of the Year 3
13 FIFPro World XI 13
4 Player of the Year (league) 6

व्यक्तिगत अवार्डको कुरा गर्दा यी दुई खेलाडीले पछिल्लो दशक एकक्षत्र राज गरे। ब्यालुन डी ओरको मामलामा मेस्सी ६ पटकका विजेता हुन् भने रोनाल्डोले ५ पटक जितेका छन्। फिफा ‘द बेस्ट’ को कुरा गर्दा मेस्सी(१) को तुलनामा रोनाल्डो(२) अगाडी छन्।

प्रकाशित : सोमबार, मङि्सर २२, २०७७१८:४१

मेस्सी र रोनाल्डो भिड्दै ! कसले मार्ला बाजी ?