“मेस्सी बार्सिलोना भन्दा अरु क्लबमा जानै सकेनन्, रोनाल्डो हरेक ठाउँमा सफल भइसके”

इङ्ग्लिस पत्रकार पियर्स मोर्गनले मेस्सीले बार्सिलोना नाछाडेकै कारण उनीलाई ‘द ग्रेतटेस्ट अफ अल टाइम’ भन्न नसकिने दावी गरेका छन्। उनका अनुसार मेस्सी अन्तराष्ट्रिय स्टेज र ठूला खेलमा निर्णायक हुन सक्दैनन्।

“मेरो लागि क्रिस्टियानो रोनाल्डो नै फुटबल इतिहासका सर्वौत्क्रिष्ट खेलाडी हुन्।” ‘मेस्सीलाई हेर्नुहोस्, उनले एउटा क्लबबाट मात्र खेलेका छन्। उनले आफूलाई अन्तराष्ट्रिय स्तरमा प्रमाणित गर्न सकेकै छैनन्। मेस्सीको च्याम्पियन्स लिगको तथ्यांक रोनाल्डोको तुलनामा निकै साधारण छ’, उनले भने।

मेस्सीले बार्सिलोना छाड्ने आँट नदेखाएको भन्दै उनले रोनाल्डोले आफ्नो कौशल धेरै ठाउँमा प्रमाणित गरेको बताए। “रोनाल्डोले आफूलाई नै चुनौती पेश गरे र हरेक लिगमा सफल भए। तर मेस्सीले कोशिस कोशिस पनि गरेनन्। उनले कहिले पनि बार्सिलोना छाडेनन्,”मोर्गनले बताए।

पाओलो माल्दिनी जस्ता ‘वान क्लब म्यान’ को मा सम्मान गर्छु। म मेस्सीलाई बदनाम गर्न चाहन्न, तर यो मेरो लागि बेस्ट रोनाल्डो हो, उनले भने।

प्रकाशित : सोमबार, मङि्सर २२, २०७७१८:३९

मेस्सी भर्सेस रोनाल्डो: को ‘द बेस्ट’ ? यस्तो छ दुबैको तथ्यांक !