रोनाल्डो भर्सेस मेस्सी: टिम पछि परेको अवस्थामा थाहा हुन्छ को उत्कृष्ट !

मेस्सी र रोनाल्डोले एक दशक भन्दा बढी फुटबल जगतमा एकक्षत्र राज गरे र प्रशंसक अझै पनि ‘द बेस्ट अफ अल टाइम’ को हो निर्णय गर्न सक्दैन। उनीहरु बीच तुलना हुँदा धेरै कुराले निर्णय गर्ने गरिन्छ। गोल, असिस्ट, उपाधि, व्यक्तिगत अवार्ड जस्ता कुराको आधारमा उनीहरुलाई तुलना गर्ने गरिन्छ।

यस्तोमा कतिपय मानिसले यी दुईको मानसिकता र आफ्नो टोलीलाई संकट पर्दा उनीहरुको खेलले पनि तुलना गर्छन्। यसको उदाहरणको रूपमा २०१८ को फरक फरक च्याम्पियन्स लिगको खेलमा हेरियो।

बार्सिलोना रोमा विरुद्धको क्वाटर फाइनलखेलको पहिलो लिगमा ४-१ ले विजयी भयो। तर दोस्रो लिगमा रोमाले बार्सिलोनालाई ३-० ले पराजित गर्दै सेमी फाइनलको यात्रा तय गर्यो। बार्सिलोना ३-० ले पछि परेको अवस्थामा मेस्सी हतास देखिए। मेस्सी आफ्नो टिमका साथीहरूलाई प्रेरणाको लागि हेर्दै थिए। तर रोनाल्डोको सन्दर्भमा, उनले आफ्नो रियल म्याड्रिडका टिमका साथीलाई युभेन्टसका विरुद्ध हौसला राख्न प्रेरित गरिरहेको देखियो।

रियल म्याड्रिडले क्वाटर फाइनल कै खेलको पहिलो लिगमा ३-० को जित निकाल्यो। तर दोस्रो लिगमा युभेन्टसले शानदार पुनरागमन गर्दै ३-० ले अगाडी थियो। म्याड्रिडलाई जितको लागि १ गोलको आवश्यकता थियो। खेलको ९७ औं मिनेटमा रियलले पेनाल्टी पायो जसमा रियललाई अगाडी बढ्न रोनाल्डोलाई गोल गर्नै पर्ने दबाब थियो। रोनाल्डोले उक्त पेनाल्टीमा गोल गरे र अन्तत रियल च्याम्पियन्स लिग जित्न सफल भयो।

यस्तोमा, धेरै मानिसको मान्यता यहि रहेको छ कि रोनाल्डो निर्णायक समय र दबाबको समयमा झन् उत्कृष्ट खेल खेल्ने गर्छन् भने मेस्सी ठूला र निर्णय खेलमा हराउने गरेको आरोप लाग्दै आएको छ।

प्रकाशित : सोमबार, मङि्सर २२, २०७७१८:३९

“मेस्सी बार्सिलोना भन्दा अरु क्लबमा जानै सकेनन्, रोनाल्डो हरेक ठाउँमा सफल भइसके”