काठमाडौँ – प्रखर वक्ताको रुपमा सर्वत्र चर्चित रहेका रमेश प्रसाईको विवाह सम्पन्न भएको छ। सोमबार धरानमा आयोजित वैवाहिक समारोहका बीच कालीकोट महाबै गाउँपालिका वडा नम्बर ४ की नन्दा सिंह र प्रसाई बीच विवाह सम्पन्न भएको हो।
२५ वर्षिया नन्दा पनि दृष्टीबिहिन हुन् भने उनी समाजसेवामा सक्रिय छिन्। काठमाडौँमा उनले बालआश्रम चलाउँदै आएकी छन्। अध्ययनको कुरा गर्नुपर्दा उनले स्नातक तह सम्म पूरा गरेकी छन्।
प्रसाई र सिंहको भेट ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भएको बताइएको छ। त्यसयता दुवै नजिक भएका थिए भने रमेशले प्रेम प्रस्ताव राखेका थिए।
प्रसाई अहिले दोहोरी गायकका रुपमा चर्चित छन् । रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । साथै उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।