मकर राशि
- वर्ष २०२१ आर्थिक हिसाबले हेर्दा निकै उतार-चढाव रहनेछ। अनावाश्यक खर्च बढ्नेछ। यस वर्ष पैतृक सम्पत्तिको बारेमा परिवारका सदस्यहरुसँग बहस हुनसक्छ। तपाईंले आयका लागि कडा परिश्रम गर्नुपर्दछ, त्यसपछि मात्र केहि लाभ प्राप्त गर्नुहुनेछ। आफ्नो आवश्यकताहरू पूरा गर्न ऋण लिने आवश्यकता पर्न सक्छ।
- यदि कुनै ठाउँमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने अभिभावकको पनि परामर्श लिनुहोस्। वर्षको अन्त्यमा अनावश्यक खर्च हुनसक्छ र बच्चाको भविष्यका लागि लगानी पनि गर्न सकिन्छ। यस वर्ष व्यवसायमा धेरै उतार चढाव आउनेछ। वर्षको अन्त्यतिर काम र व्यवसायका लागि समय शुभ रहनेछ।
- मकर राशिका लागि पारिवारिक जीवन यस वर्ष धेरै राम्रो साबित हुनेछ। नयाँ पाहुना वा नयाँ साथीको आगमनले सुखमय वातावरण रहनेछ। यस वर्ष अभिभावकको समर्थन पनि भरपूर रहनेछ। वर्षको अन्त्यमा साथी-भाईसँग रमणीय यात्रामा जाने मौका मिल्नेछ।
- विवाहित मानिसको लागि वर्षको सुरुवात शुभ नहोला। जीवनसाथीसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। तर वर्षको अन्त्यमा यो सबै समस्या सुल्झिने देखिन्छ। यो वर्ष स्वास्थ्य दृष्टिकोणबाट तपाईंको लागि मिश्रित हुनेछ। खानपानमा ध्यान दिन जरूरी देखिन्छ।