प्रेममा सफल हुन सकेनन, कुमारी नै रहे यी नेपाली नायिकाहरु !

भनिन्छ पहिलो प्रेम कहिले पनि भुल्न सकिन्न। तर धेरै मानिस पहिलो प्रेम पाउन सफल पनि हुँदैनन्। नेपाली चलचित्र क्षेत्रका नायिका उनीहरुको चलचित्रका कारण मात्र चर्चामा रहँदैनन्। उनीहरुको प्रेम जीवनको बारेमा पनि निकै चर्चा हुने गर्छ। यस्तोमा, कलिउडमा केहि यस्ता नायिका पनि छन् जो प्रेममा असफल रहे…

निता ढुंगाना 

पछिल्लो समय चलचित्रमा खासै देखा नपरेकी निता र आमेश भण्डारीको प्रेम निकै चर्चामा थियो। तर के उनीहरु बीचको ४ वर्षीय प्रेम सम्बन्ध टुट्यो। अहिले निताको नाम ज्योतिष हरिहर अधिकारीसंग जोडिने गरेको छ।

मलिना जोशी 

२०११ को मिस नेपाल मलिना जोशी पनि प्रेममा सफल रहिनन्। मलिना र नायक अनुप विक्रम शाहि बीच प्रेम सम्बन्ध रहको र उक्त सम्बन्ध धेरै समय टिक्न नसकेको बताइन्छ। खासै चर्चामा नआएको यो जोडीको बारेमा कुरा गर्दै मलिनाले आफू र अनुप बीच कुनै सम्बन्ध नरहेको पनि बताइन्। अहिले मलिना एक फिटनेस ट्रेनरको प्रेममा छिन्।

नम्रता श्रेष्ठ 

नेपालकी सबैभन्दा रुचाइएकी नायिकामा पर्छिन् नम्रता। रेमनदास श्रेष्ठसँग उनको प्रेम रहेको भएपनि उनीहरुबीचको प्रेम पनि सफल हुन सकेन। त्यसपछि, उनी स्टीभ दावा शेर्पासँग प्रेम सम्बन्धमा रहेको पनि बताइन्छ।

सुष्मा कार्की 

कुनै समय नेपली चलचित्र क्षेत्रमा निकै चर्चा कमाएकी नायिका सुष्मा कार्की पनि असफल प्रेमीमा पर्छिन्। सुष्मा र निरन शाही एक समयमा प्रेममा थिए भन्ने चर्चा थियो। सुष्माले आफ्नो शरीरमा निरनको ट्याटु समेत बनाएकी थिइन् भन्ने गरिन्छ। तीन वर्षको प्रेम सम्बन्धपछि उनीहरुबीचको सम्बध टिक्न सकेन।

प्रकाशित : सोमबार, मङि्सर २२, २०७७१८:३४

दोस्रो विवाह गरेपछि भावुक भइन् श्वेता, मध्यराति यसो लेख्दै मागिन् सबैको आशिर्वाद र साथ !