काठमाडौँ – आइतबार र सोमबार दुई दिन घटेको सुनको मूल्य मङ्गलबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य मङ्गलबार एकै दिन तोलामा १ हजार ५ सयले बढेको हो। यस अगाडी सुनको मूल्य आइतबार तोलामा २ सय र सोमबार १ सय रुपैंयाले घटेको थियो।
मङ्गलबारको वृद्धिसँगै छापावाला सुनको मूल्य ९४ हजार १ सय कायम भएको छ। यस अगाडी छापावाला सुनको मूल्य सोमबार ९२ हजार ६ सय थियो भने आइतबार ९२ हजार ७ सय थियो।
यस्तै आज तेजाबी सुनको मूल्यमा पनि १ हजार ५ सयले वृद्धि भएको छ। जससँगै तेजाबी सुनको मूल्य ९३ हजार ६ सय ५० कायम भएको छ।
यस अगाडी तेजाबी सुनको मूल्य सोमबार ९२ हजार १ सय ५० र आइतबार ९२ हजार २ सय ५० थियो।
मङ्गलबार चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा ३० रुपैंयाले बढेर १ हजार २ सय ३५ कायम भएको छ।