शनि राशिफल २०२१: कुन राशिमा कस्तो रहला प्रभाव ? हेर्नुहोस् !

२०२१ आउनको लागि अब केहि दिन मात्र बाँकी छ। ज्योतिषशास्त्र दृष्टिकोणमा नयाँ वर्षको ज्योतिष गणनाको विशेष महत्त्व छ। आज हामी तपाईंलाई सबभन्दा ढिलो चाल चल्ने र कर्मफल दाता शनिदेवको २०२१ मा हुने गोचर र ज्योतिषीय दृष्टिकोणबाट यसको प्रभावको विश्लेषण दिनेछौं।

ज्योतिषशास्त्रमा शनिको राशि परिवर्तन, शनिको साढेसाती, शनिको छाया र शनिको महादशाको विशेष महत्व रहन्छ। शनिलाई न्यायका देवता मानिन्छ। यसले मनिसको कर्म अनुसार फल दिन्छ। शनिदेव साढे दुई वर्षको अन्तरालमा एक राशिबाट अर्को राशिमा सर्छ। यस्तो अवस्थामा २०२१ मा शनिदेवको कुनै राशि परिवर्तन हुने छैन।

 

शनिदेव वर्ष २०२१ मा स्वराशि अर्थात मकरमा रहनेछन्। २०२१ मा, शनिले राशि परिवर्तन गर्नुको सट्टा नक्षत्र गर्नेछ। यसको मतलब यो हो कि शनिले २०२१ सम्पूर्ण वर्षमा नक्षत्रको आधारमा मानिसमा आफ्नो प्रभाव छोड्नेछ। २०२१ को शुरुमा शनि सूर्यको नक्षत्र उत्तराषाढ़ामा रहनेछ भने जनावरी २२ मा श्रावण नक्षत्रमा प्रवेश गर्नेछ। श्रावण नक्षत्रमा चन्द्रदेवको आधिपत्य रहनेछ।

धनु, मकर र कुम्भ राशिमा २०२१ मा शनिको साढेसाती रहनेछ

जब शनिको गोचर एक राशिमा हुन्छ, त्यो राशिमा शनि साढे दुई वर्ष अवस्थित हुन्छ। जुन राशिमा शनिको गोचर हुन्छ, त्यस राशिको अघिल्लो र पछिल्लो राशिमा शनिको प्रभाव पर्छ। यस प्रकारले एक राशिमा शनिको प्रभाव साढे सात वर्षसम्म रहन्छ। यो साढे सात वर्षको अवधिलाई शनिको साढेसाती भनिन्छ।

२०२१ मा शनिको छाया मिथुन र तुला राशिमा

शनिको छाया एक राशिमा साढे सात वर्ष र अर्कोमा १६ वर्षमा आउँछ। राशि क्रममा शनि अवस्थित राशिबाट पहिलोबाट चौंथो र अन्तिमबाट छैठौ राशिमा शनिको छाया रहन्छ।

मेष राशि

२०२१ सालको सुरुमा शनिदेव उत्तराषाढ़ा नक्षत्रमा हुनेछन्, जसको कारणले तपाईले वर्षभर मिश्रित परिणाम प्राप्त हुनेछ। शनिदेव तपाईंको दशौं घरमा बस्नेछन्।

वृष राशि

शनिदेव तपाईंक्लो राशिको नवौं भावमा वर्षभर उपस्थित रहनेछन्। शुभ समाचार प्राप्त हुनेछ। तपाईको आर्थिक स्थिति २०२१ मा मजबूत हुनेछ।

मिथुन राशि

शनि उत्तराषाढ़ा नक्षत्रमा गोचर हुनेछ र तपाईंको राशिक राशिको आठौं भाव रहनेछ। कडा मिहेनतपछि मात्र सफलता प्राप्त हुनेछ। मानसिक तनाव बढ्न सक्छ।

कर्कट राशि

व्यापारमा लाभ प्राप्त हुने सम्भावना छ। लामो यात्राको पनि सम्भावना रहेको छ। तपाईं सासु-ससुराबाट फाइदा लिन सक्नुहुन्छ।

सिंह राशि

शनि तपाईंको राशिको सातौं भावमा रहनेछ। यस वर्ष शत्रु हावी हुनेछन्। स्वास्थ्य बिग्रन सक्छ। कानुनी मामलामा निर्णय तपाईंको पक्षमा आउने सम्भावना देखिन्छ।

कन्या राशि

२०२१ मा शनि वर्षभर पाचौं भावमा रहनेछ। धन लाभ मिल्ने सम्भावना छ। आर्थिक स्थिति राम्रो रहनेछ। विद्यार्थी वर्गको लागि यो वर्ष अत्यन्त अनुकूल रहनेछ।

तुला राशि

मान-सम्मान बढ्नेछ। आयमा वृद्धि हुनेछ। वैवाहिक जीवनमा केहि समस्या देखा पर्नसक्छ। पारिवारिक जीवन सुखमय रहनेछ।

वृश्चिक राशि

कर्मचारीहरूले लाभ लिनेछन्। यो वर्ष रोकिएका कार्य पूरा हुनेछ। आयमा वृद्धि हुनेछ।

धनु राशि

शनि तपाईंको राशिको दोस्रो भावमा वर्षभर उपस्थित रहनेछन्। सरकारी क्षेत्रमा लाभ मिल्ने सम्भावना छ। भाग्यले तपाईंलाई वर्षभर समर्थन गर्दछ।

मकर राशि 

राशिको प्रथम भावमा शनि रहनेछ। पूरा वर्ष सहनी यस राशिमा रहनेछ। पैतृक सम्पतिबाट लाभ मिल्ने सम्भावना छ।

कुम्भ राशि 

खर्च बढ्नेछ। पारिवारिक जीवन उतार-चढाव रहनेछ। कतै टाढाको यात्रा गर्न सकिन्छ।

मीन राशि

शनि तपाईंको राशिको एघारौँ भावमा वर्षभर रहनेछ। धन लाभको राम्रो अवसर मिल्नेछ। आयमा वृद्धि हुनुका साथै कार्य सफलता मिल्नेछ।

प्रकाशित : मङ्गलबार, मङि्सर २३, २०७७१७:५६

भोलि लाग्दैछ सन् २०२० को अन्तिम सूर्यग्रहण, यी राशिको लागि हुनेछ शुभ !