काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्ण धार्मिक स्वतन्त्रता/समानतासहितको हिन्दुराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र कायम गर्न माग गरेका छन्।
देशभर राजसंस्थाको समर्थनमा भइरहेको प्रदर्शनलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले सर्वदलीय बैठक राखेपछि कमल थापाले पूर्ण धार्मिक स्वतन्त्रता/समानतासहितको हिन्दुराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र कायम गर्न माग गरेका हुन्। पूर्ण धार्मिक स्वतन्त्रता/समानतासहितको हिन्दुराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र कायम गर्दा गणतन्त्रवादीहरुको पनि चित्त बुझ्ने थापाको भनाई छ।
परिवर्तनकारी शक्ति र परम्परागत शक्तिले एक-अर्कालाई निषेध गरेर जान नहुने पनि थापाले ट्वीटर मार्फत बताएका छन्। परिवर्तनकारी शक्ति/बिचार र परम्परागत शक्ति/बिचार बिच सामञ्जस्यता कायम भएको खण्डमा त्यसले नै नेपालको अस्तित्व र समृद्धिको ग्यारेन्टी गर्ने उनको जिकिर छ।
“गणतन्त्रवादीलाई पनि चित्त बुझ्ने पूर्ण धार्मिक स्वतन्त्रता/समानतासहितको हिन्दुराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र कायम गरौ। एक अर्कालाई निषेध गरेर होईन, परिवर्तनकारी शक्ति/बिचार र परम्परागत शक्ति/बिचार बिच सामञ्जस्यता कायम गरौँ।त्यही नै नेपालको अस्तित्व र समृद्धिको ग्यारेन्टी हो “,थापाले ट्वीटरमा लेखेक छन्।
गणतन्त्रवादीलाई पनि चित्त बुझ्ने पूर्ण धार्मिक स्वतन्त्रता/समानतासहितको हिन्दुराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र कायम गरौ।
एक अर्कालाई निषेध गरेर होईन, परिवर्तनकारी शक्ति/बिचार र परम्परागत शक्ति/बिचार बिच सामञ्जस्यता कायम गरौँ।त्यही नै नेपालको अस्तित्व र समृद्धिको ग्यारेन्टी हो https://t.co/CYyiVrr9Ci pic.twitter.com/Gb8a7Kfq8r— Kamal Thapa (@KTnepal) December 8, 2020

सर्वदलीय बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले आहृवान गरेको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट राप्रपाका नेता दीपक बोहोरा सहभागी भएका छन्।
उनले बैठकमा राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे सार्वदलीय बैठकमा निकास खोज्ने प्रस्ताव राखेका थिए। तर उनले राखेको प्रस्तावमा कुनै पनि चासो दिइएन।