माटोको तावामा बनेको रोटी खाँदा यी रोगहरु देखि मिल्छ छुटकारा !

काठमाडौँ । आधुनिक जीवनशैली बीच माटाका भाँडाकुडाहरुका प्रयोग बिस्तारै लोप हुदैं गईरहेको छ । तर पछिल्लो केही वर्ष शहरका विभिन्न होटेल, रेस्टुरेन्ट र साथै घरहरुमा माटोका भाँडाकुडाहरु देखिन थालेको छ । ठुलाबडाहरुले अहिले पनि माटाका भाँडामा बनाईएको खाना खाँदा धेरै फाइदाहरु मिल्ने बताउँछन । आयुर्वेद अनुसार आगोमा खाना बिस्तारै क्रमिक रुपले पाक्नु पर्ने कुरा उल्लेख गरिएको छ । तर स्टिल र आल्मुनियमका भाँडाकुडाहरुमा यो सम्भव हुदैन । यी भाँडाहरुमा खाना तीव्र गतिमा पाक्छ । जबकि माटाका भाँडाकुडाहरुमा खाना सानो आगोको ज्वालामा बनाईन्छ । यसले खाना स्वादिष्ट र पौष्टिक बनाउँछ ।

ग्यास्ट्रिकबाट राहत

माटोको तावामा बनेको रोटी खाँदा ग्यास्ट्रिकको समस्या छुमन्तर हुन्छ । यदि तपाईमा पनि अफिसमा दिनभर बसेको कारण ग्यास्ट्रिकको समस्या छ भने माटोको तावामा बनेको रोटी खान सक्नुहुन्छ।

स्वादिष्ट र पौष्टिक

माटोको तावामा बनेको रोटी स्वादिष्ट र पौष्टिक हुन्छ । आटाले माटोको तत्वहरु अवशोषित गर्छ, जसको परिणामस्वरूप रोटीको पौष्टिकता बढ्छ । साथै यसमा रहेका सबै किसिमका प्रोटिनले शरीरलाई खतरनाक रोगहरुबाट रक्षा गर्ने गर्दछ ।

कब्जियतबाट छुटकारा

आजकलको भागदौड पूर्ण र परिवर्तित जीवनशैलीको कारण कब्जियत सामान्य जस्तै भएको छ । यदि तपाई कब्जियत पीडित हुनुहुन्छ भने हामी तपाईलाई माटोको तावामा बनेको रोटी खान सल्लाह दिन्छौं । केही समय सम्म लगातार माटोको तावामा बनेको रोटी सेवन गरेमा सजिलै कब्जियतबाट राहत मिल्नेछ ।

माटोको तावा नै किन ?

माटोको तावामा बनाईएको रोटीको कुनै पनि पोषक तत्व नष्ट नहुने विश्वास गरिन्छ । अर्कोतर्फ अन्य दोस्रो तत्वले बनेको तावाको बारेमा कुरा गर्ने हो भने आल्मुनियमबाट बनेका भाँडाकुडामा पकाईएको खानाको ८७ प्रतिशत पोषक तत्व नाश हुन्छ भने पित्तलको भाँडाकुडामा खाना बनाउँदा खानामा रहेका ७ प्रतिशत पोषक तत्व नष्ट भएर जान्छ । साथै काँसको भाँडाकुडामा खाना बनाउँदा ३ प्रतिशत पोषक तत्व नष्ट हुन्छ । केवल माटोको भाँडामा बनेको खानामा १०० प्रतिशत पोषक तत्व हुन्छ ।

यस कुरामा ध्यान दिनुहोला

माटोको तावालाई अत्यधिक आगोमा राख्नुहुदैन, यसो गरेमा यो फुटेर जान्छ । यस बाहेक माटोको तावाको प्रयोगको क्रममा यसलाई पानीको सम्पर्कबाट टाढा राख्नुहोला । रोटी बनाएपछि माटोको तावालाई कपडाले सफा गर्नुहोला । यसको सफाईको क्रममा साबुन पानीको पनि प्रयोग गर्नुहुदैन । माटोले साबुन पानीलाई अवशोषित गर्दछ। एजेन्सी

प्रकाशित : मङ्गलबार, मङि्सर २३, २०७७२०:०७

पहेंलो दाँतबाट छुटकारा पाउन गर्नुहोस् यस्ता सामान्य घरेलु उपाय !