सुपरहिरो बन्ने भइन् कट्रिना !

मुम्बई । कोरोना महामारीले चलचित्र क्षेत्रमा निकै प्रभाव पारेको छ । लामो समय बन्द रहेका हल खुले पनि दर्शकको उपस्थिति भने निकै पातलो छ । यसैबीच करिअरको मन्दीमा रहेकी बलिउड अभिनेत्री कट्रिना कैफसँग यतिवेला चलचित्रको कमी भने छैन । उनका हातमा चलचित्रको कमी नभए पनि पहिले जस्तो चार्म छैन । अभिनेता रणवीर कपुरसँगको ब्रेकअपपछि उनले काम गरेका चलचित्रले खासै राम्रो व्यापार गर्न सकेका छैनन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

करिअरको उत्कर्षमा रहेकी अभिनेत्री कट्रिनाले काम गरेका चलचित्र जम्न नसके पनि उनीप्रति केही निर्देशकको भरोसा अझै पनि रहेको पाइन्छ । तीमध्येका एक् अलि अब्बास जफरले यसअघि अभिनेत्री कट्रिनालाई ‘टाइगर जिन्दा है’ र ‘भारत’ लिएका थिए । यसैबीच उनले नयाँ चलचित्रमा पनि कट्रिनालाई लिने निर्णय गरेका छन् ।

सुपरहिरोको रोलमा कट्रिनालाई लिने तयारीमा निर्देशक अब्बास जुटेका छन् । अब्बासका अनुसार कट्रिनाको मुख्य भूमिका रहने उक्त चलचित्र भारतको पहिलो सुपरहिरो चलचित्र हुनेछ जनाइएको छ । जसमा कट्रिनाले फस्ट लेडी सुपरहिरोको भूमिका निर्वाह गर्नेछन् । ‘सुपर खिलाडी’ नाम जुराइएको यो चलचित्रको अहिले प्रिप्रडक्सनको काम भइरहेको छ ।

यो चलचित्रका लागि अभिनेत्री कट्रिनाले मार्सल आर्टस्को प्रशिक्षण लिइरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । अर्को वर्षदेखि चलचित्रको छायांकन सुरु हुने निर्माण पक्षले जनाएको छ । निर्देशक अब्बासले चलचित्र दुबई, आबुधाबी, पोल्याण्ड, जर्जिया, भारतको उत्तराखण्ड लगायतका स्थानमा छायांकन गर्ने तयारी गरिरहेका छन् । यसबीचमा कट्रिनाले ‘भूत पोलिस’ र ‘टाइगर ३’ को सुटिङ सक्ने जनाइएको छ ।

प्रकाशित : बुधबार, मङि्सर २४, २०७७०९:२६

राजवादी आन्दोलनले हच्किए दलहरु, सर्वदलीय बैठकमा आ–आफ्नै धारणा !