काठमाडौँ – बुधबार सुनको मूल्य घटेको छ। मङ्गलबार एकै दिन तोलामा १ हजार ५ सयले बढेको सुनको मूल्य बुधबार घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य बुधबार तोलामा ७ सयले घटेको छ। बुधबारको गिरावटसँगै छापावाला सुनको मूल्य ९३ हजार ४ सय कायम भएको छ।
यस अगाडी छापावाला सुन आइतबार प्रतितोला ९२ हजार ७ सय, सोमबार प्रतितोला ९२ हजार ६ सय, मंगलबार ९४ हजार १ सयमा कारोबार भएको थियो।
यस्तै बुधबार तेजाबी सुनको मूल्य पनि ७ सय रुपैंयाले घटेको छ। जससँगै तेजाबी सुनको मूल्य ९२ हजार ९ सय ५० कायम भएको छ। यस अगाडी तेजाबी सुन आइतबार प्रतितोला ९२ हजार २ सय ५०, सोमबार प्रतितोला ९२ हजार १ सय ५० र मंगलबार ९३ हजार ६ सय ५०मा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैंयाले घटेसँगै १ हजार २ सय १५ कायम भएको छ।