मेस्सी पीएसजी गए भने पीएसजी बिग्रिन्छ !

आर्सनलका पूर्व प्रशिक्षक आर्सन वेन्गरले पीएसजीलाई मेस्सी नकिन्नको लागि सुझाव दिएका छन्। मेस्सी पीएसजीमा आए भने टोलीको सन्तुलन बिग्रन सक्ने उनले बताएका छन्।

गत हप्ता नेइमारले मेस्सीसँग फेरी खेल्न मन भएको र अर्को सिजन सँगै खेल्ने आस गरेको भन्दै बयान दिएपछि मेस्सी पीएसजी जाने चर्चा बढेको छ। गत सिजनको अन्त्यमा मेस्सीले बार्सिलोना छाड्ने निर्णय पनि गरेका थिए। तर उनको उक्त प्रयास सफल हुन सकेन।

म्यानचेस्टर सिटीलाई धेरैले मेस्सीको अघिल्लो गन्तव्यको रूपमा हेरेपनि गत हप्ता नेइमारको उक्त बयानपछि मेस्सी पीएसजी जाने सम्भावना बढेको बताइन्छ। पीएसजीका अध्यक्षले पनि आफूले मेस्सीलाई क्लब भित्र्याउन चाहेको कुरा स्वीकार गरिसकेका छन्।

तर आर्सन वेन्गर भने पीएसजीलाई मेस्सीको आवश्यक देख्दैनन्। “लियोनल मेस्सी विश्व कै दुई(रोनाल्डो सँगै) उत्कृष्ट खेलाडी हुन्। क्रिस्टियानो रोनाल्डो र मेस्सीलाई प्रतिस्थापन गर्ने खेलाडीहरु पीएसजी मै छन्,” वेन्गरले युरोप १ लाई भने।

“त्यसपछि, क्लबको सन्तुलनको कुरा हो, प्राविधिक सन्तुलन र वित्तीय सन्तुलन। के तपाईं मेस्सी जस्तो खेलाडीहरू ल्याएर पीएसजीमा सन्तुलन राख्न सक्नुहुन्छ? म निश्चित छैन।”

प्रकाशित : बुधबार, मङि्सर २४, २०७७२०:२६

द बेस्टको शीर्ष तीन सार्वजनिक: वर्ष पुरुष खेलाडीको अवार्डमा मेस्सी, रोनाल्डो र लेवान्डोस्की !