१५ डिसेम्बर देखि खरमास हुँदैछ। खरमासको सुरुवातसँगै सबै प्रकारको मांगलिक कार्यहरूमा रोक लाग्नेछ। यस अवधिमा कुनै पनि प्रकारका मांगलिक कार्य गर्न निषेध रहन्छ। खरमासको अवधि १४ जनावरी २०२१ मा अन्त्य हुनेछ। यो पछि मात्र मांगलिक कार्यहरू सुरु हुनेछ। खरमासको बारेमा विस्तृत रुपमा जानौं…
किन लाग्छ त खरमास
ज्योतिषशास्त्रका अनुसार सूर्य ग्रह एक राशिमा एक महिना रहन्छ। त्यसपछि, सूर्यले राशि परिवर्तन गर्छ जसलाई संक्रान्ति भनिन्छ। यस्तोमा, जब सूर्य भगवान धनुमा प्रवेश गर्छ, तब खरमास लाग्छ। मीन संक्रान्ति लाग्दा पनि खरमास लाग्छ। खरमासमा विवाह, व्रतवन्ध, गृहप्रवेश जस्ता सबै प्रकारका शुभ कार्यहरू वर्जित मानिन्छ।
खरमास सम्बन्धि पौराणिक कथा
पौराणिक कथा अनुसार सूर्यदेव सातवटा घोडाहरूको रथमा सवार हुन्छन् र लगातार ब्रह्माण्ड वरिपरि घुम्छन्। भनिन्छ कि एक पटक सूर्यदेवको घोडाहरू निरन्तरको हिडाई र आराम नपाएको कारणले भोक र प्यासले थकित थिए। भगवान सूर्यदेवले आफ्ना घोडालाई पोखरीको किनारमा लगे, तर त्यसपछि उनले महसुस गरे कि यदि रथ रोकियो भने यो सृष्टि पनि रोकिन्छ।
पोखरीको किनारमा दुईवटा गधा पनि थिए। यस्तोमा सूर्यदेवको दिमागमा अ एक उपाय आयो। सूर्यदेवले घोडालाई आराम दिनको लागि रथमा गधा जोडे। यस्तो अवस्थामा सूर्य भगवानको रथको गति ढिलो त भयो, तर रथ रोकिएन। त्यसकारण यस समयमा सूर्यको तीव्रता घट्छ। यस समयमा चिसो पनि अत्यधिक हुन्छ।
नियम
यस अवधिमा बिहान छिटै उठेर पवित्र जलले स्नान गर्नुपर्छ। त्यसपछि, सूर्य भगवानको पूजा गर्नुपर्छ। विश्वास अनुसार यो भनिन्छ कि खरमासमा दान गर्दा पुण्य प्राप्त हुन्छ। त्यसैले, गरिब र दरिद्रहरूलाई यस महिना खाना खुवाउनु पर्छ। सम्भव छ भने उनीहरुलाई कपास वितरण गर्नुहोस्। यस समयमा गौ पूरा र गौ सम्वर्धन गर्नाले भगवान श्रीकृष्णको कृपा प्राप्त हुन्छ। घरमा सुख तथा समृद्धि आउँछ।