पहेंलो दाँतबाट छुटकारा पाउन गर्नुहोस् यस्ता सामान्य घरेलु उपाय !

पहेंलो दातले मानिसको मुस्कान बिगार्छ। यसको कारणले मानिस कतिपय ठाउँमा खुलस्त हास्न पनि सक्दैन। दाँत र गिजालाई स्वस्थ राख्नो लागि नियमित रूपमा हेरचाह र सफाई गर्नु आवश्यक हुन्छ। दाँत सेतो बनाउनको लागि खानपानमा पनि ध्यान राख्न जरूरी हुन्छ। यसबाट छुटकारा पाउन तपाईं केहि घरेलु उपाय पनि अपनाउन सक्नुहुन्छ।

पहेंलो दाँतबाट छुटकारा पाउनको लागि अपनाउनुहोस् यस्ता सामान्य उपाय….

बेसार

दाँत सफा गर्नको लागि तपाईं तोरीको तेलमा बेसार मिक्स गरेर उक्त मिश्रण प्रयोग गर्न सक्नुहुनेछ। आधा चम्चा तेलमा आधा चम्चा बेसार मिलाएर यसको पेस्ट तयार पार्नुहोस्। तयार भएको पेस्ट आफ्नो औंलाको मद्दतले राम्रोसँग दाँतको सफाई गर्नुहोस्। यसलाई नियमित रूपमा प्रयोग गर्दा तपाईको दाँतको पहेलोपना केहि दिनमा कम हुन थाल्छ।

नुन

 

मजबूत दाँतको लागि नुन निकै लाभदायक हुन्छ। आधा चम्चा तोरीको तेलमा एक चिम्टी नुन मिलाएर यसको पेस्ट बनाउनुहोस्। र तयार भएको पेस्टको साथ दाँत सफा गर्नुहोस्। नियमित रूपमा यसको प्रयोग गर्नाले केहि दिन मै पहेंलो दाँतबाट छुटकारा पाउन सकिन्छ।

तोरीको तेल 

तोरीको तेलले मात्र पनि तपाईंलाई दाँत र गिजा सम्बन्धि समस्याबाट छुटकारा दिनसक्छ। थोरै तेल आफ्नो औंलामा लागएर राम्रोसँग दाँतको मालिस गर्नुहोस्। ५ मिनेटको लागि त्यसै छोड्दिनुहोस्। त्यसपछि, तातो पानीले मुख कुल्ला गर्नुहोस्। यसको गर्नाले दाँतको पहेंलोपनबाट छुटकारा पाउनुका साथै दाँत मजबूत पनि हुन्छ।

प्रकाशित : बिहिबार, मङि्सर २५, २०७७१०:५६

जाडो महिनामा नगर्नुहोस् यस्ता गल्ती, स्वास्थ्यलाई भारी पर्ला !