घर बनाउँदा कहिले पनि यस दिशामा झ्याल राख्नु हुँदैन, निम्त्याउँछ विभिन्न समस्या !

वास्तुशास्त्रमा हरेक निर्माण कार्यको लागि विभिन्न नियम उल्लेखित छ किनकि हरेक दिशाको उर्जाले तपाईं र परिवारका सदस्यहरूमा असर पार्छ। वास्तुमा घरको झ्याल कुन दिशामा बनाउँदा शुभ हुन्छ र कुन दिशामा बनाउँदा अशुभ हुन्छ भनेर पनि उल्लेख गरिएको छ। वास्तुशास्त्रका अनुसार सहि दिशामा झ्याल रहनाले तपाईंको भाग्य खुल्न सक्छ भने गलत ठाउँमा बनेको झ्यालले विभिन्न समस्या निम्त्याउन सक्छ। त्यसकारण, झ्याल बनाउँदा यससँग सम्बन्धित अन्य वास्तु नियमहरू पनि ध्यानमा राख्नुपर्छ।

पश्चिमी, पूर्वी र उत्तरी दिशाको भित्ताहरू झ्याल बनाउनको लागि सहि हुन्छ। यी दिशाहरूमा झ्याल बनाउनु शुभ मानिन्छ।  उत्तर दिशालाई धनको दिशा मानिन्छ। यो दिशा खुल्ला राख्नु ठिक हो। त्यसैले उत्तर दिशामा झ्याल निर्माण गर्नु शुभ मानिन्छ। यो विश्वास गरिन्छ कि यस दिशामा झ्याल राख्दा घर धन र समृद्धिको द्वार खुल्छ।

वास्तुका अनुसार दक्षिण दिशा यमको दिशा हो। त्यसैले दक्षिण दिशामा झ्याल बनाउनु शुभ मानिदैन। यस दिशामा झ्याल बनाउँदा रोग र शोकको सम्भावना बढ्छ। यदि तपाईंको घरको दक्षिण दिशामा झ्याल छ भने यसलाई बिनाकाम कहिले पनि नखोल्नुहोस्। घरको नैरित्य कोणमा झ्याल निर्माण गर्नु पनि अशुभ हुन्छ। घरको दक्षिण र पश्चिम भागलाई नैरित्य कोण भनिन्छ किनकि यस दिशाको स्वामी राहु-केतु हो।

वास्तुका अनुसार घरका झ्यालहरुको संख्या सँधै जोर हुनुपर्छ। बिजोर संख्यामा झ्यालको निर्माण उत्तम हुँदैन। झ्याल सधैं सफा राख्नु पर्छ। उत्तर दिशाको ढोका र झ्यालहरु सधैं फाइदाजनक हुन्छन्। अधिकतम झ्याल र ढोका यस दिशामा बनाउनु शुभ हुन्छ। उत्तर दिशामा बनाइएका ढोका र झ्यालहरुले तपाईंको घरमा सुख, समृद्धि तथा प्रसिद्धि ल्याउँछ।

प्रकाशित : बिहिबार, मङि्सर २५, २०७७१०:५५

यी हुन् संसारकै सबैभन्दा खतरनाक प्रजातिका कुकुर !