२०२१ मा राहु कुन राशिको लागि रहनेछ शुभ र कुनलाई अशुभ ?

ज्योतिष गणना अनुसार २०२१ मा सबै राशिमा राहुको शुभ-अशुभ प्रभाव रहन्छ। जहाँ राहुको शुभ प्रभावले केहि राशिका मानिसको भाग्य परिवर्तन गर्नेछ। त्यस्तै, राहुको अशुभ प्रभाव पर्ने राशि मानिसको विभिन्न समस्या देखा पर्नेछन्।

२०२१ को सुरुमा राहु मंगल ग्रहको मृगशिरा नक्षत्रमा विराजमान हुनेछ। २७ जनावरीमा राहु रोहिणी नक्षत्रमा प्रवेश गर्नेछ र वर्षभर यस राशिमा रहनेछ। र वर्षको अन्त्यमा रोहिणी नक्षत्रबाट कृतिका नक्षत्रमा प्रवेश गर्नेछ। २०२१ मा सबै राशिमा राहुको प्रभाव बारे जान्नुहोस्…..

मेष राशि 

आकस्मिक धन लाभ मिल्ने सम्भावना छ। यो वर्ष सम्पत्ति तथा जग्गा खरिदको लागि शुभ छ। यस वर्ष तपाईंले नाफा कमाउन सक्नुहुनेछ। पारिवारिक जीवन पनि सुखद रहनेछ।

वृष राशि 

तपाईंले मानसिक तनावको सामना गर्नुपर्ने हुनसक्छ। आवश्यक भन्दा बढि कसैलाई विश्वास नगर्नुहोस्। वैवाहिक जीवनमा समस्याहरू रहिरहन सक्छ। तर २७ जनावरीमा राहु रोहिणी नक्षत्रमा प्रवेश गरेपछि परिस्थिति अनुकूल हुनेछ।

मिथुन राशि 

यस राशिका मानिसमा राहुको अशुभ प्रभाव रहनसक्छ। खर्चमा वृद्धि हुनेछ। आकस्मिक धनहानि हुने सम्भावना छ। आर्थिक पक्ष कमजोर रहनसक्छ। धनको मामलामा कुनै पनि प्रकारको जोखिम लिनु हानिकारक हुनसक्छ।

कर्कट राशि 

कर्कट राशिका मानिसको लागि यो वर्ष शुभ साबित हुनेछ। राहुको शुभ प्रभावले आयमा वृद्धि हुनेछ। व्यापार क्षेत्रका मानिसले लाभ प्राप्त गर्नेछन्। वैवाहिक जीवन सुखमय रहनेछ।

सिंह राशि 

राहुको प्रभावको कारण सिंह राशिका मानिसको कार्यक्षेत्रमा समस्या देखापर्न सक्छ। तपाईंले पारिवारिक जीवनमा केहि तनाव महसुस गर्न सक्नुहुन्छ। राहु रोहिणी नक्षत्रमा प्रवेश गरेपछि भने व्यापारी वर्गले राहत पाउन सक्छन्। यद्यपि खर्च बढ्न सक्छ।

कन्या राशि 

राहुको प्रभावको कारण २०२१ मा तपाईंलाई विभिन्न कष्ट आइपर्न सक्छ। तपाईंको मान-सम्मानमा कमी आउनेछ। बुबासँगको सम्बन्ध बिग्रन सक्छ। लामो यात्रा तपाईंको लागि शुभ हुनेछैन। विद्यार्थीहरूले जनावरीपछि राम्रो परिणामहरू प्राप्त गर्न सक्छन्।

तुला राशि 

२०२१ मा तपाईं निकै सावधान रहनुपर्नेछ। किनकि राहुले तपाईंको मार्गमा अवरोधहरू ल्याउन सक्छ। मानसिक तनाब बढ्नेछ। सासु-ससुरासँगको सम्बन्ध राम्रो हुनेछ।

वृश्चिक राशि 

२०२१ मा तपाईंले कुनै पनि प्रकारको लेनदेन गर्दा विशेष सावधानी अपनाउनुपर्छ। राहुको अशुभ प्रभावहरूले तपाईंको वैवाहिक जीवनमा समस्या निम्त्याउन सक्छ। व्यापार व्यवसायको लागि भने यो वर्ष अत्यन्त शुभ रहनेछ।

धनु राशि 

राहुको प्रभावको साथ वर्ष २०२१ तपाईंको सामान्य भन्दा राम्रो रहनेछ। प्रतिस्पर्धी परीक्षाको लागि तयारी गर्ने विद्यार्थीहरूले सफलता पाउनेछन्, तर तिनीहरूले यसको लागि कडा परिश्रम गर्नुपर्छ। अचानक खर्च बढ्नेछ।

मकर राशि 

राहुको प्रभावको कारण तपाईंलाई विभिन्न समस्याले सताउन सक्छ। पारिवारिक जीवनमा तनावपूर्ण स्थिति हुनसक्छ। प्रेम जीवनमा पनि समस्या आउनसक्छ। आय बढ्ने सम्भावना छ।

कुम्भ राशि 

परिवारका सदस्यहरूबीच पैतृक सम्पत्तीलाई लिएर विवादको स्थिति सिर्जना हुनसक्छ। राहु रोहिणी नक्षत्र प्रवेश गरेपछि स्थिति सामान्य हुनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ।

मीन राशि 

राहुको प्रभावले तपाईंको साहस र शक्ति बढाउनेछ। तपाईं आफ्ना शत्रुहरूलाई हराउन सफल हुनुहुनेछ। यस समयमा तपाईंले यात्रा गर्ने अवसर प्राप्त गर्नुहुनेछ र यस यात्राबाट राम्रो फाइदा लिन पनि सक्षम हुनुहुनेछ। प्रेम जीवनमा अनुकूल स्थिति रहनेछ।

प्रकाशित : आइतबार, मङि्सर २८, २०७७१८:१३

सूर्यले गर्दैछ राशि परिवर्तन, यी राशिको लागि अत्यन्त शुभ !