भोलि मङ्सिर २९ गते सोमबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

गूढ तथा रहस्यमय विषयहरु सिक्नमा विशेष चासो रहनेछ। आध्यात्मिक सिद्धि प्राप्त हुने योग छ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन। यात्रा गर्दा कठिनाई आउनसक्छ। क्रोध तथा वाणीमा संयम राख्नुहोला। शत्रुले हानि पुर्याउन सक्छन्, सजग रहनुहोला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

दाम्पत्य जीवन आनन्दमय रहनेछ। परिवार तथा आफन्तका साथ उत्तम तथा स्वादिष्ट भोजनको अवसर मिल्नेछ। विदेशमा बसोबास गर्ने आफन्तहरूबाट शुभ खबर प्राप्त होला। आकस्मिक धन लाभ प्राप्त हुनेछ। व्यापारमा बिस्तार हुनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। शारीरिक तथा मानसिक रूपले तपाईं स्वास्थ्य रहनुहुनेछ। आर्थिक लाभ मिल्ने सम्भावना छ। अनावश्यक खर्च बढ्नेछ। रोकिएका काम सफलताका साथ पूरा हुनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानिसक अस्वस्थता रहनेछ। प्रेम जीवनमा मनमुटाव हुनसक्छ। विपरित लिंगी प्रति आकर्षण बढ्नेछ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। पेट सम्बन्धि समस्याले सताउन सक्छ। कार्यक्षेत्रमा परिस्थिति प्रतिकूल रहला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

परिव्रका सदस्यसँग मनमुटाव हुनसक्छ। आफन्तसँग मदभेदको स्थिति सिर्जना हुनसक्छ। आमाको स्वास्थ्य बिग्रन सक्छ। मनमा नकारात्मक विचार उत्पन्न हुनेछ। यस दिन स्त्री वर्ग र पानीसँग सावधान रहनुहोस्। कार्यक्षेत्रमा पनि परिस्थिति अनुकूल नरहला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। भाई-बहिनीबाट लाभ मिल्नेछ। प्रतिस्पर्धीहरूको चाल बेकार हुनेछ। भाग्यवृद्धिको योग रहेको छ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मानिसक तनाव बढ्नेछ। जसको कारणले कुनै महत्वपूर्ण निर्णय नलिनुहोला। यस दिन नयाँ कार्य सुरु नगर्नुहोला। वाणीमा संयम राख्नुहोस्। परिवारमा वाद-विवादको स्थिति सिर्जना हुनसक्छ। आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोला। आर्थिक लाभ मिल्ने सम्भावना छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक तथा मानसिक प्रशन्नता रहनेछ। प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ। शुभ समाचार प्राप्त हुनेछ। साथी र प्रियजनहरूबाट उपहार पाउँदा खुसी महसुस गर्नुहुनेछ। रमणीय यात्राको योग बन्ने सम्भावना छ। दाम्पत्य जीवन सुखमय रहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

परिवारका सदस्यहरुसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। क्रोधमा संयम राख्नुहोला। स्वास्थ्य बिग्रन सक्छ। दुर्घटनाको योग रहेकोले यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। अधिक पैसा खर्च हुनाले आर्थिक पक्ष कमजोर रहला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईंको लागि यस दिन लाभदायक रहनेछ। घरमा शुभ कार्यक्रम आयोजना गर्ने सम्भावना छ। कुनै वस्तु खरिद गर्नको लागि दिन शुभ रहनेछ। साथीहरू र आफन्तहरूसँग रमणीय भेटघाट हुनेछ। सामाजिक क्षेत्रमा मान-प्रतिष्ठा बढ्नेछ। व्यापार व्यवसाय क्षेत्रमा लाभ मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कारेयक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। हरेक कार्य सरलताका साथ पूरा हुनेछ। रोजगार – व्यवसायको क्षेत्रमा परिस्थिति अनुकूल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। मान-सम्मान बढ्नेछ। पारिवारिक जीवन आनन्दमय रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

शारीरिक थकान तथा मानिसक तनाब रहनेछ। सन्तान सम्बन्धि विषय चिन्ताको कारण बन्ला। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँग वाद-विवाद हुनसक्छ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। छोरासँग मतभेद बढ्नेछ। सरकारी क्षेत्रमा समस्या आउनसक्छ।

प्रकाशित : आइतबार, मङि्सर २८, २०७७१८:०७

भोलि मङ्सिर महिनाको अन्तिम दिन, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !