मेस्सीले आफ्नो पारिश्रमिक कम गरेनन् भने बार्सिलोना छाड्नुपर्छ

बार्सिलोनाको अध्यक्ष पदका लागि उम्मेदवार एमिली रोसाउदले मेस्सीले पारिश्रमिक कटौती स्वीकार नगर्ने हो भने क्लब छाड्नु पर्ने बताएका छन्।

३३ वर्षीय बार्सिलोनाका कप्तान लियोनल मेस्सीले गत सिजन बार्सिलोना छाड्ने निर्णय गरेका थिए। तर क्लबसँग विवाद बढाउन नचाहेको भन्दै उनले उक्त निर्णय परिवर्तन गरेका थिए। ६ पटकका ब्यालोन डी ओर विजेता म्यन्चेटर सिटी जाने सम्भावना उच्च रहेको बताइएको थियो। यद्यपि उनको नाम लिग १ च्याम्पियन पेरिस सेन्ट-जर्मेन र इन्टरसँग पनि जोडिएको थियो।

अक्टोबरमा जोसेप मारिया बर्टोमेउको राजीनामापछि जनवरी २४ मा नयाँ अध्यक्षको लागि हुने निर्वाचनको दौडमा रहेका रोसाउदले क्लबमा मेस्सीको भविष्यको बारेमा कुरा गर्दै भने,””हामीले मेस्सीसँग बसेर र उनलाई तलब कटौती गर्न अनुरोध गर्नुपर्नेछ।”

“हामी उनलाई तलब कटौती गर्न आग्रह गर्नेछौं। यदि मानेनन् भने उनले क्लब छाड्नेछन्” उनले एआरएलाई भने। रुसउदले थपे: “मेस्सीले क्लबको इतिहासमा सब भन्दा उज्ज्वल पृष्ठहरू लेखेका छन्। हामीले हाम्रो लेजेण्डलाई सम्मान गर्नुपर्छ, तर वास्तविकता जे छ त्यहि हो।”

प्रकाशित : सोमबार, मङि्सर २९, २०७७२०:५२

च्याम्पियन्स लिगमा बार्सिलोनासँग भिड्ने भएपछि नेयमारले मेस्सीलाई पठाए यस्तो सन्देश !