१५ डिसेम्बर राति ९ बजेर ३४ मिनेटबाट सूर्य धनु राशिमा प्रवेश गर्नेछ। कुनै पनि खगोलीय घटनाको प्रभावले निश्चित रूपमा कुनै पनि व्यक्तिको जीवनलाई कुनै तरीकाले असर गर्छ। आज सूर्य ग्रहण लाग्दैछ र भोलि सूर्य धनु राशिमा प्रवेश गर्दैछ।
सूर्यको धनु राशिमा प्रवेशलाई धनु संक्रान्ति पनि भनिन्छ। यसको सबै १२ वटै राशिमा प्रभाव पर्नेछ….
मेष राशि
सूर्यको गोचर मेष राशिको लागि मिश्रित फलदायी साबित हुनेछ। तपाईंको सम्मान बढ्ने सम्भावना छ। यस अवधिमा तपाईंको करियरमा सकारात्मक परिवर्तनहरू हुनेछन्। सन्तान पक्षबाट लाभ मिल्नसक्छ। शिक्षा क्षेत्रमा राम्रो परिणाम प्राप्त हुनेछ। बुबाको स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्।
वृष राशि
तपाईंको वित्तीय स्थिति खस्कन सक्छ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त गर्नुका साथै कार्यभार बढ्नसक्छ। तपाईंले गरेको काममा चाँडै सफलता पाउनुहुनेछ। यो समयमा मानसिक तनाब बढ्नसक्छ।
मिथुन राशि
मिथुन राशिका व्यक्तिहरूले मिश्रित प्राप्त गर्नेछन्। वैवाहिक जीवनमा मनमुटावको स्थिति सिर्जना हुनसक्छ। आफ्नो जीवनसाथीको स्वास्थ्यको ख्याल राख्नुहोस्। कार्यक्षेत्रमा विशेष सफलता प्राप्त गर्न सक्षम हुनुहुनेछ। यस समयमा तपाईंले पदोन्नति प्राप्त गर्न सक्नुहुन्छ।
कर्कट राशि
कर्कट राशिका रोजगारदाताहरुले यस समयमा राम्रो सफलता प्राप्त गर्नेछन्। तपाईंले मिहेनत अनुसार सफलता पाउनुहुनेछ। शत्रु पक्षसँग सावधान रहनुहोस्। समाजका प्रतिष्ठित व्यक्तिहरूसँग तपाईंको सम्पर्क बढ्नेछ। स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्। पारिवारिक जीवनमा कलह बढ्नाले मन चिन्तित रहला।
सिंह राशि
सूर्यको गोचर सिंह राशिका मानिसको लागि त्यति शुभ नरहला। तपाईंको वित्तीय अवस्था सुधार हुनेछ र आयका नयाँ स्रोतहरु पाउनुहुनेछ। प्रेम जीवनमा समस्या उत्पन्न हुनसक्छ। शिक्षा क्षेत्रसँग सम्बन्धि विभिन्न प्रकारको संकट सामना गर्नुपर्ने हुनसक्छ। सन्तान पक्षबाट कष्ट हुनसक्छ।
कन्या राशि
परिवारमा कुनै सदस्यको स्वास्थ्यमा समस्या आउनाले आर्थिक खर्च बढ्न सक्छ। पारिवारिक वातावरण थोरै तनावपूर्ण हुनसक्छ। कार्यक्षेत्रमा सफलता मिल्ने सम्भावना देखिन्छ। तपाईं केवल लापरवाही नगर्नुहोस्, निश्चित रूपमा आफ्नो मेहनतको फल पाउनुहुनेछ।
तुला राशि
तुला राशिका व्यक्तिहरूले शुभ समाचार पाउने सम्भावना छ। कार्यक्षेत्रमा सफलता पाउनुहुनेछ। वरिष्ठको समर्थन प्राप्त हुनेछ। यस समयमा यात्राको सम्भावना छ। तपाईले आयका नयाँ स्रोतहरूको लागि गरेका प्रयासहरूमा सफलता पाउनुहुनेछ। वैवाहिक जीवन सुखमय हुनेछ। जीवनसाथीबाट पनि लाभ मिल्नेछ।
वृश्चिक राशि
यो समय वृश्चिक राशिको लागि मिश्रित रहनेछ। तपाईंको वित्तीय अवस्था राम्रो हुनेछ। तपाईं यस बीचमा बचत गर्न सक्षम हुनुहुनेछ। परिवारमा तपाईंको मान र सम्मान बढ्नेछ। यस बीचमा, घरमा कलह बढ्नसक्छ। वाणीमा संयम राख्नुहोला। कार्यक्षेत्रमा परिस्थिति अनुकूल रहनेछ।
धनु राशि
सूर्यको गोचरको प्रभावले यस राशिका मानिसले ठूलो लाभ प्राप्त गर्ने सम्भावना छ। समाजमा तपाईंको मान-सम्मान बढ्नेछ। वैवाहिक जीवनमा तनाव उत्पन्न हुनसक्छ। जीवनसाथीसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। व्यवसायिक व्यक्तिहरूले लाभ लिने अपेक्षा गरिन्छ।
मकर राशि
तपाईंको लागि यो समय स्वास्थ्यको हिसाबले राम्रो हुँदैन। तपाईंको स्वास्थ्य कमजोर रहन सक्छ। वित्तीय अवस्थाको बारेमा कुरा गर्दा तपाईंको आम्दानीमा गिरावट आउनसक्छ। खर्चमा अचानक वृद्धिले तपाईंको बजेट बिग्रन सक्छ। तपाईंले यात्रा गर्नुपर्नेछ जसले तपाईंको इज्जत बढाउनेछ।
कुम्भ राशि
यस राशिका व्यक्तिहरूले अनुकूल परिणामहरू पाउने सम्भावना छ। व्यवसायिक व्यक्तिहरूले ठूलो लाभ लिन सक्छन्। समाजमा मन-प्रतिष्ठा बढ्नेछ। प्रेम जीवनमा उतार-चढाव आउनसक्छ। सन्तान पक्षबाट लाभ मिल्ने सम्भावना छ। पदोन्नतीको योग रहेको छ।
मीन राशि
कार्यक्षेत्रमा तपाईंको मान बढ्नेछ। तपाईंलाई पदोन्नतीको साथ नयाँ जिम्मेवारी पनि तोकिनेछ। परिवारको जीवनमा प्रेम र आफ्नोपन बढ्नेछ। वैवाहिक जीवनको कुरा गर्दा जीवासाथीसँग तपाईंको सम्बन्ध बलियो हुनेछ। बुबाको स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्।