“भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्छ, अन्त कतै जानु पर्दैन”

काठमाडौँ – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले भ्रष्टाचारी खोज्न कतै नगई बालुवाटार गए पुग्ने बताएका छन्।

नेपाली कांग्रेसको आह्वानमा सरकारविरुद्ध कैलालीमा भएको विरोध सभालाई सम्बोधन गर्नेक्रममा प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्ने बताएका हुन्।

नेता गगन थापाले भ्रष्टाचारमा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षण गरिरहेको आरोप लगाए। भ्रष्टाचारको आरोप लागेकाहरुलाई बचाउने मात्र नभई प्रोत्साहित गर्नेकाम ओलीले गरेको उनको आरोप छ।

“नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना भएको छैन। भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन । बालुवाटार गए पुग्छ, सिंहदरबार गए पुग्छ ।”,उनले भने।

वर्तमान सरकारमा रहेका धेरै जस्तो मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको उनले आरोप लगाए। बालुवाटार भ्रष्टाचारी नै भ्रष्टाचारीले भरिएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको संरक्षण बिना त्यस्तो सम्भव नभएको थापाको आरोप छ।

थापाले वर्तमान सरकार शक्तिशाली भएर पनि केहि गर्न नसकेको पनि आरोप लगाएका छन्। शक्तिशाली सरकार भएपनि जनतालाई शक्तिशाली बनाउनका लागि एउटा पनि काम गर्न नसकेको उनको आरोप छ।

“सरकार शक्तिशाली छ, तर जनतालाई शक्तिशाली बनाउनका लागि एउटा पनि काम गर्न सकेको छैन्”,उनले भने,”कहिले पूरा नहुने कुरामा देश र जनतालाई झुक्याउँछ।”

यस्तै सत्तारुढ नेकपा लोभीपापीहरुको मञ्च मात्र भएको दावी गरेका छन्। ओली र प्रचण्डबीच लोभ र डरमा रातारात एकता उनले दावी गरे।

 

प्रकाशित : सोमबार, मङि्सर २९, २०७७१५:३२

पर्सिबाट खुल्ने भयो पशुपति !